गगनले सुरु गरेको शहरी स्वास्थ्य केन्द्रको बालेनले प्रशंसा गरे

काठमाडौं । शहरी क्षेत्रका जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न कांग्रेस महामन्त्री एवम् पूर्व स्वाथ्यमन्त्री गगन कुमार थापाले काठमाडौं क्षेत्र नं ४को ज्ञानेश्वरमा सञ्चालन गरेको शहरी स्वास्थ्य प्रबर्धन केन्द्रको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले अवलोकन गरेका छन् ।
बुधबार स्वास्थ्य केन्द्रमा पुगेका बालेनले एक घण्टा स्वास्थ्य केन्द्रमा विताएका थिए । स्वास्थ्य केन्द्रको अवलोकनपछि मेयर शाहले स्वास्थ्य केन्द्र राम्रो भएको प्रतिक्रिया दिए । महानगरले अन्य वडामा पनि यस्तै केन्द्र सञ्चालनको तयारीका लागि अवलोकन गर्न आएको बालेनले बताए । ‘महानगरले पनि वडाहरुमा यस्तै केन्द्र बनाउन खोजिरहेको छ,’ उनले भने, ‘त्यसका लागि हामीले यो केन्द्र रिफ्रेन्सका रुपमा लिन सक्छौं ।’
थापा तत्कालिन अवस्थामा स्वास्थ्यमन्त्री हुँदा यो अवधार ल्याएका हुन् । यो स्वास्थ्य केन्द्रलाई अहिलेसम्म महानगरपालिकाले स्वामित्व नलिएकाले थापाले आफ्नो सांसदको तलब यही स्वास्थ्य केन्द्र्रमा दिएर चलाउँदै आएका छन् ।
बालेनले केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति, बजेट र पूर्वाधारका विषयमा पनि चासो दिएर जिज्ञासा राखेका थिए । सो क्रममा गगन थापाका सल्लाहकार प्रताप पौडेलले हाल उक्त केन्द्र सञ्चालनका लागि वर्षिक एक करोड हाराहारीमा खर्च हुने गरेको र जनशक्तिमा विशेषज्ञ चिकित्सकदेखि सरसफाईं कर्मचारीसम्मको व्यवस्था गरिएको जानकारी दिए ।
स्वास्थ्य केन्द्रको सरसफाईं देखेर प्रभावित भएका शाहले कर्मचारीलाई सँधै यस्तै सफा हुन्छ भनेर जिज्ञासा समेत राखेका थिए । ‘कस्तो सफा रहेछ। सफा देखेर मलाई त अचम्म लाग्यो, उनले भने, ‘सँधै यस्तै सफा हुने हो ?
शाहले निशुल्क औषधि, फिजियोथेरापी, नागरिकहरुको स्वास्थ्य प्रोफाइल, प्रयोगशाला लगायतका विषयमा भइरहेको कामका विषयमा पनि चासो दिएका थिए ।
स्वास्थ्य केन्द्र गगन थापाको अगुवाईमा मानव स्वास्थ्यसँगको सहकार्यमा काठमाडौं महानगरपालिका वडा नम्बर ३० द्वारा सञ्चालित हो । यो केन्द्रबाट उपचारात्मक, सामुदायिक स्वास्थ्य सेवा र स्वास्थ्य प्रवद्र्धनदेखि घर–घरमै स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।
एमडिजिपी चिकित्सकद्धारा नियमित रुपमा ओपिडी परामर्श, स्त्रीरोग, बाल रोग, हाडजोर्नी, छाला, नाक कान घाँटी, सामान्य चिकित्सा, आयुर्वेदक चिकित्सा जस्ता विशेषज्ञ परामर्श सेवा यो केन्द्रमा लिन सकिन्छ ।
एक्सरे, इसिजी, फिजियो थेरापी, मानिसक स्वास्थ्य परामर्श सहित फार्मेसी सेवालाई पनि यो केन्द्रले प्राथमिकतामा राखेको छ ।
वडा नं ३० मा बसोबास गर्ने घर परिवार र व्यक्तिहरुको घरमै पुगेर स्वास्थ्य अवस्थाको जानकारी संकलनमा हाल यो केन्द्र जुटिरहेको छ । हालसम्म १५ हजार जनाको स्वास्थ्य संकलन भइसकेको छ ।


















वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु
एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी : आयल निगम
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया