म्याग्दीखोला जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो

म्याग्दी । धवलागिरि गाउँपालिका-४ भएर बग्ने म्याग्दी नदीमा निर्माण हुन लागेको म्याग्दीखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । हाइड्रो भिलेज प्रालिले बनाउन लागेको ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनामा पाँच कम्पनीले करिब रु आठ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् ।
धवलागिरि गाउँपालिकाको जेल्तुङमा विद्युत्गृह र दोभानमा बाँध रहने आयोजनाले ६२६.५० मिटर हेड र म्याग्दी खोलाको १२.५० घनमिटर प्रतिसेकेण्ड बहाव प्रयोग गरी ५७.३ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्नेछ । कुल रु १० अर्ब ७४ करोड लागत अनुमान गरिएको आयोजनामा नेपाल बैंकको अगुवाइमा मेगा बैंक, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष र नेपाल एसबिआई बैंकले लगानी सम्झौता भएको कम्पनीका निर्देशक सुशील पोख्रेलले जानकारी दिए ।
आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत (रु आठ अर्ब पाँच करोड ७० लाख) र स्वपूँजी २५ प्रतिशत (रु दुई अर्ब ६८ करोड ६०) लगानी हुनेछ । आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्याइएको छ ।
यसैगरी प्रत्यक्ष वैदेशिक लगानीका रूपमा मलेसियन कम्पनी एक्वा भेञ्चर्सको तथा स्वदेशी लगानीका रूपमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभेलपमेन्ट कम्पनी र ऊर्जा डेभलपर्स, सिम्रिक भेन्चर्स, बिजबेलसमेतको स्वपूँजी लगानी हुने कम्पनीले जनाएको छ ।
आयोजनाबाट स्थानीय निकायहरूसँगकोे सहकार्यमा पहुँचमार्ग र अन्य पूर्वाधार निर्माणकार्य प्रारम्भ गरिसकेको र आगामी सुक्खा यामदेखि मुख्य सिभिल संरचनाको निर्माण थालनी गरिने कम्पनीका निर्देशक पोख्रेलले बताए । उनले निर्माण थालनी भएको ४० महिनाभित्र आयोजना सम्पन्न गर्ने जानकारी दिए ।
आयोजना सम्पन्न भएपछि सुक्यायाममा १०३.११ गिगावाट आवर (१०.३१ करोड युनिट) र वर्षायाममा २३२.८८ गिगावाट आवर (३२.२८ करोड युनिट) गरी वार्षिक ३३६ गिगावाट आवर (३३.६ करोड युनिट) विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ ।
उत्पादित विद्युत् आयोजनाको विद्युत्गृहदेखि करिब १७ किलोमिटर दूरीमा रहेको विद्युत् प्राधिकरणको निर्माणाधीन १३२-३३ केभी डाँडाखेत सबस्टेशनमा जोडिनेछ । म्याग्दी र आसापासका नदीहरूमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न डाँडाखेत र राहुघाटमा सबस्टेशनका लागि प्रसारण लाइन निर्माण सुरु भएको छ ।

















इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
काठमाडौं महानगरले चैत १६ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया