सानिमा बैंक र दराजसँग ‘दराज ११.११’ लागि सहकार्य

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज ११.११’मा विशेष छुट दिने सहकार्य भएको छ ।
योजना अवधिभर ग्राहकले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने छन् । ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २५ सय रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम तीन हजारसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।
यो योजनामा सिमित छुट मात्र उपलब्ध हुने भएकाले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइने छ । छुटका लागि ग्राहकले दराजबाट बैंक भौचर संकलन गर्नु पर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने छन् । यो योजना २०७९ कार्तिक २५ देखि मंसिर १ गतेसम्म ७ दिनका लागि लागू हुनेछ ।
सानिमा बंैकको देशका सबै प्रदेशमा १२९ वटा कार्यालय तथा १२२ वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

















इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
काठमाडौं महानगरले चैत १६ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया