पोलियोविरुद्धको खोप ‘एफआईपीभी’ लगाउने तालिका परिवर्तन

काठमाडौं । सरकारले पोलियो बिरुद्धको खोप ‘फ्र्याक्सनल डोज इनएक्टीभेटेड पोलियो भ्याक्सिन (एफआईपीभी) लगाउने तालिका परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १७ कात्तिकमा मन्त्रीस्तरीय निर्णय गर्दै खोप तालिका परिवर्तन गर्ने निर्णय गरेको हो ।
विश्व स्वास्थ्य संगठनले नयाँ सुझाव र गत ३० भदौमा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसलाई आधार मानेको छ ।
नयाँ तालिका अनुसार अब एक वर्ष भित्रका बालबालिकाहरुलाई १४ हप्ता र ९ महिनामा गरी दुई मात्रा खोप दिईनेछ ।
छुटेमा ५ वर्ष भित्रका सम्पूर्ण बालबालिकाहरुलाई ४ महिना (१६ हप्ताको फरकमा) दुई मात्रा दिईनेछ ।
यसअघि एक वर्ष भित्रका बालबालिकाहरुलाई दिईने एचआईपीभी खोप एक वर्ष भित्रका बालबालिकाहरुका लागि ६ हप्ता र १४ हप्ता गरी दुई पटक दिईने गरिन्थ्यो । छुटेका बालबालिकाहरुलाई पाँच वर्ष भित्र ८ हप्ताको फरकमा दुई पटक दिईन्थ्यो ।
सरकारले २०७५ साल साउन देखि बालबालिकाहरुलाई एचआइपीभी खोप दिन थालेको हो । ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेशन (गाभी)को सत प्रतिशत सहयोगमा यो खोप लगाउन थालिएको हो । त्यसअघि सरकारले करीव तीन वर्ष अघि मात्रै पोलियोविरुद्धको नयाँ भनिएको खोप इन एक्टीभेटेड पोलियो भ्याक्सिन (आईपीभी) सुरु गरेको थियो ।
सो खोप सुरु गरेको एक वर्ष नपुग्दै विश्वव्यापी रुपमा अभाव (ग्लोबल सर्टेज) भएको भन्दै विकल्पको रुपमा नयाँ खोप एफआईपीभी दिन थालिएको हो ।
















सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित तीन जना नियुक्त
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
प्रतिक्रिया