गठबन्धनका उम्मेदवारलाई भोट माग्दै गायक चेतन र ‘दारी बाजे’ सिन्धुपाल्चोकमा

चौतारा । नेपाली सिने जगत र टेलि चलचित्रहरुका चर्चीत हास्य कलाकार सुरबीर पण्डित ुदारी बाजेुले सिन्धुपाल्चोकमा आएर लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारका पक्षमा मत मागेका छन् ।
हास्य प्रस्तुतीमा ‘दारी बाजे’ नामले चर्चीत पण्डितले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ मा भएका विभिन्न कार्यक्रममा सहभागि भएर लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु माधव सापकोटा सुबोध र क्षेत्र नं १ को प्रदेश सभा १ का उम्मेदवार मसिना खड्कालाई जिताउन अपिल गरे ।
युवा उम्मेदवार सुबोध क्रान्तिको रापतापबाट हुर्किएको, देशमा गणतन्त्र र लोकतन्त्र प्राप्तिका लागि क्रान्तिमा होमिएको, गोलि खाएको योद्धा भएको स्मरण गराउँदै उनले राजनीतिमा युवा अघि आउनु खुसीको कुरा भएको बताए । उनले महिला अधिकारका लागि महिलाले नै जित्नु पर्ने र त्यसका लागि मसिना खड्का भण्डारीमा काम गरेर देखाउने क्षमता रहेको चर्चा गरे ।
लिसंखुपाखर गाउँपालिकाको विभिन्न स्थानमा भएको कार्यक्रममा सहभागी उनले आफ्नो मर्मस्पर्शी प्रस्तुती सहित सुबोध र मसिनालाई जिताउँदा युवा र महिलाले काम गरेर देखाउन अवसर पाउने सुनाए । युवा र महिलाले जित्दा देशले कोल्टे फेर्ने उनको तर्क थियो ।
यस अघि संगीतकार एवं गायक चेतन सापकोटा जिल्लाका विभन्न स्थानमा भएका चुनावी कार्यक्रममा सहभागी भएर लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेका थिए । सापकोटाले ‘अरु कुरा था छैन, गठबन्धनलाई नजिताई भाछैन’, सुबोध, सरल, मसिनालाई नजिताई भाछैन बोलको गित गाएर मतदाता र उम्मेदवारलाई समेत छमछमी नचाएका थिए ।









काठमाडौँकाे मध्यवानेश्वर बाट सुनका गहना चोरी गर्ने व्यक्ति पक्राउ
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने
आज शनिवार, कुन विदेशि मुद्राको विनिमयदर कति ?
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया