जुहीसँग विवाह गर्न चाहन्थे सलमान

मुम्बई । सन् ८० र ९० को दशककी अभिनेत्री जुही चावला आज आइतबार ५५ औं जन्मोत्सव मनाउदैछिन् । मोडलिङमा चर्चा बटुलेपछि जुही बलिउडमा आएकी थिइन् । उनले सन् १९८७ मा रिलिज फिल्म ‘सल्तनत’बाट डेब्यू गरकेी थिइन् । यसपछि उनले बलिउडमा ‘डर’, ‘दीवाना मस्ताना’, ‘इश्क’, ‘कयामत से कयामत तक’ जता हिट फिल्म दिइन् । उनले सन् १९९५ मा व्यापारी जय मेहतासँग गुपचुप विवाह गरिन् । तर, सायद कमैलाई थाहा होला कि जुहीलाई सलमान खान विवाह गर्न चाहन्थे ।
सलमान हिन्दी फिल्मको मस्ट एलिजिबल ब्याचलर हुन् । उनी आजसम्म पनि सिंगल छन् । कुनै समय उनी जुहीको प्रेमी थिए । उनी जुहीसँग विवाह गर्न तयार थिए । तर जुहीका पिताले सलमानको प्रस्तावलाई अस्वीकार गरेपछि विवाह हुन सकेन ।
सलमान जुहीलाई यति धेरै मनपराउँथे कि उनी जुहीको हात माग्न जुहीका पितालाई भेट्न गए । तर जुहीको पिताले सलमानको प्रस्तावलाई अस्वीकार गरे । ‘जुही निकै प्यारी छिन् । मैले उनको पितालाई के तपाईं जुहीको मसँग विवाह गरिदिनुहुन्छ ? भनेर सोधेको थिएँ । तर उहाँले अस्वीकार गर्नुभयो । शायद उहाँलाई म मन परिनँ होला । उहाँलाई कस्तो केटा चाहिएको थियो, मलाई थाहा भएन’, सलमानले भनेका छन् ।
जुहीले आफ्नो करियर उच्च स्तरमा पुगेको समयमा जय मेहतासँग सन् १९९५ मा विवाह गरेकी थिइन् । जय र जुहीको पहिलो भेट राकेश रोशनले गराएका थिए । त्यसपछि उनीहरु नजिकिए । जुहीले ६ वर्षसम्म आफ्नो विवाहलाई लुकाएर राखिन् । जब उनी पहिलोपटक गर्भवती भइन्, अनि मात्र उनले विवाह गरेको खुलासा भएको थियो । एजेन्सी









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया