विश्वकप फाइनल : इंग्ल्यान्डले टस जित्यो,पाकिस्तान ब्याटिङमा

काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।मेलबर्न क्रिकेट मैदानमा इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि पाकिस्तानले सुरुआतमा ब्याटिङ गर्ने भएको हो ।
आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रिएका छन् । इंग्ल्यान्ड दोस्रो सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल पुगेको हो । पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्याण्डलाई पराजित गरेको थियो ।
यि दुई टोलीबीच हालसम्म २८ टी-ट्वान्टी खेल भएकामा १८ खेलमा इंग्ल्यान्ड विजेता हुँदा ९ खेलमा पाकिस्तानले जितेको छ । एक खेल भने नतिजा विहीन भएको छ । दुई देशबीचको पछिल्लो पाँच टी-ट्वान्टी खेलमा ३ खेलमा इंग्ल्यान्ड र २ मा पाकिस्तान बिजयी भएको छ ।
टी-ट्वान्टी विश्वकपमा हालसम्म यि दुई देश दुई पटक आमने सामने भएकोमा दुवै पटक इंग्ल्यान्ड विजयी भएको छ । यस विश्वकप जुन राष्ट्रले जिते पनि दोस्रो पटक च्याम्पियन बन्ने छन् ।
















ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
प्रतिक्रिया