तीन महिनामा ८६ अर्बको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता
काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिना नेपालले ८६ अर्ब ४१ करोड रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।
०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता नेपालले प्राप्त गरेको हो । अर्थ मन्त्रालयका अनुसार सो अवधिमा अनुदान तर्फ ६ अर्ब ७१ करोड रुपैयाँ र ऋण सहायतातर्फ ७९ अर्ब ७० करोड रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता नेपालले प्राप्त गरेको छ ।
शिक्षा, खानेपानी तथा सरसफाई, वातावरण, सडक, सूचना सञ्चार प्रविधि, सिँचाई, उर्जा, रोजगारी लगायतका क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको अर्थले जनाएको छ ।
पछिल्लो तीन महिनामा नेपाललाई आर्थिक सहायता दिने प्रतिबद्धता गर्नेमा जापान (जाइका), इरोपेली युनियन, स्वीट्जरल्याण्ड, विश्व बैंक र दक्षिण कोरिया (कोइका) रहेका छन् ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
प्रतिक्रिया