विश्व मधुमेह दिवस :
‘मधुमेहका समस्या भएकाले अनिवार्य आँखा परीक्षण गरौं’

काठमाडौं । मधुमेहका कारण पनि आँखाको ज्योति गुम्ने चिकित्सकहरु बताउँछन् । यदि तपाईलाई मधुमेह पुष्टि हुुने वितिकै आँखा परीक्षण गर्न विशेषज्ञहरु सुझाव छ ।
समान्यतया बोलिचालीको भाषामा मधुमेहलाई चिनी रोग अर्थात् सुगर पनि भनिन्छ । मधुमेह बालदेखि बृद्ध जसलाई पनि देखिन सक्ने चिकित्सहरुको भनाई छ ।
यसले शरीरका संवेदनशील अंगहरु, जस्तै (आँखा, मुटु, मिर्गौला, स्नायु नसा) र खुट्टामा असर गर्दछ । मधुमेहले आँखामा पार्ने असरलाई चिकित्सकीय भाषामा डाइबेटिक रेटिनोपेथी (डीआर) भनिन्छ । डायबेटिक रेटिनोप्याथी दृष्टिविहीन गराउने एक प्रमुख कारण हो ।
तिलगंगा आँखा प्रतिष्ठानकी आँखाको पर्दा रोग विशेषज्ञ डा. रवा थापाले मधुमेहका विरामीहरुमा अन्य व्यक्तिको तुलनामा दुई गुणा बढी आँखाको समस्या देखिने बताईन् । आईतबार प्रतिष्ठानले गरेको पत्रकार अन्तक्रियामा थापाले भनिन् ‘मधुमेहले आँखाको मुख्य दृष्टि भागमै असर गर्ने भएकाले धेरैमा अन्धोपन हुनसक्छ । त्यसैले सुगर देखिनासाथ आँखा जाँच गराइहाल्नुपर्छ ।’
डा. थापाका अनुसार अझै पनि मधुमेहका बिरामीमा आँखा जाँच गराइराख्नुपर्छ भन्ने जानकारी छैन, मधुमेह जाँच गराउने चिकित्सक तथा स्वास्थ्यकर्मीले आँखाको जाँच गराउनुपर्छ भन्ने जानकारी दिनुपर्छ ।

डाइबेटिक रेटिनोपेथीमा दृष्टि पर्दाका रक्तनलीहरुमा रक्तस्राब हुने र चिल्लो जम्ने हुन्छ । मधुमेहले गर्दाखेरि आँखाको भित्री भाग पर्दामा असर गर्छ । रगतका नसामा असर गरेर आँखाको पर्दामा रक्तस्राब हुने, सुन्निने र रक्त सन्चारमा बाधा पुर्याउँछ । समयमा उपचार भएन भने पर्दा उप्किनेरखुम्चिने हुन्छ । त्यसको पनि उपचार भएन भने जलबिन्दु हुब्न्छ । यी सम्पूर्ण कारणले गर्दा व्यक्ति अन्धो हुनसक्छ । तर समयमा पहिचान भएमा, समयमै उपचार भएमा तथा मधुमेह र रक्तचापलाई कन्ट्रोलमा राख्न सकिएमा भने अन्धोपन हुनबाट जोगाउन सकिन्छ ।
डा. थापाले भनिन् आँखा धमिलो हुँदासम्म रेटिनामा धेरै नै क्षति पुगिसकेको हुन्छ । उपचारपछि पनि राम्रो दृष्टि फर्काउन गाह्रो हुन्छ ।
‘डायबिटिक रेटिनोपेथीको लेजर पद्दतीबाट उपचार गर्दा दृष्टि गुम्नबाट बचाउन सकिन्छ तर दृष्टि पर्दामा पहिल्यै धेरै असर गरिसकेको छ भने दृष्टि पुनः फर्काउन खासै सकिंदैन ।’
अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार संसारभर ५३७ मिलियन मानिस मधुमेहबाट ग्रसित छन् । प्रत्येक १० जनामध्ये एक जनामा मधुमेह देखिएको छ । हरेक तीनमध्ये एक जना मधुमेहका बिरामीमा आफ्नो जीवनकालमा कुनै कुनै प्रकारको दृष्टिमा क्षति व्यहोर्नु परेको छ ।
नेपालमा पनि मधुमेहका विरामीको संख्या बढ्दो छ । नेपालमा १.५ मिलियन जनसंख्या यसबाट प्रभावित भएको अनुमान छ । शहरी क्षेत्रमा ४० वर्षभन्दा माथिका १९ प्रतिशत र ग्रामिण क्षेत्रमा २.५ प्रतिशतमा मधुमेह देखिएको डा. थापाको भनाइ छ ।

यता, ‘मधुमेह सेवामा पहुँच बढाऔं’ भन्ने नाराका साथ आज विश्व मधुमेह दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तिलगंगाले कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म साताव्यापी कार्यक्रम आयोजना गरेको छ ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया