नेपाल बैंकका कर्मचारीबीच ब्याडमिण्टन प्रतियोगिता सम्पन्न

काठमाडौँ । नेपाल बैंक लिमिटेले आफ्नो ८६ औँ वार्षिकोत्सवमा काठमाडौँ उपत्यकाभित्रका शाखामा कार्यरत कर्मचारीबीच मैत्रीपूर्ण ब्याडमिण्टन प्रतियोगिता सम्पन्न गरेको छ ।
नेपाल बैंक यही ०७९ कार्तिक ३० गते ८६ औं वर्षमा प्रवेश गर्दै छ । सोही अवसरमा आयोजित कर्मचारी मैत्री ब्याडमिण्टन प्रतियोगिता मिति ०७९ कार्तिक २५ र २६ गते आयोजना भएको थियो ।
प्रतियोगितामा पुरुष एकलतर्फ विष्णुहरि न्यौपाने र महिला एकलतर्फ रुपा महर्जन प्रथम, पुरुष दुई जनातर्फ बाबुरत्न महर्जन एवं मनोज महर्जनको समूह प्रथम र महिला दुई जनातर्फ रुपा महर्जन एवम् सविना थापाको समूह प्रथम भएको थियो ।
यस्तै, दोस्रो स्थानमा पुरुष एकलतर्फ ध्रुब दाहाल र महिला एकलतर्फ सविना थापा, पुरुष दुई जनामा गोविन्द सुवेदी र ध्रुव दाहालको समूह र महिला दुई जनातर्फ बन्दना शर्मा र विद्या धिताल समूह विजयी भएको हो । कार्यक्रमको उद्घाटन नेपाल बैंकका सञ्चालक समिति विवेक राणाले गरेका थिए । कार्यक्रमको संयोजन तथा व्यवस्थापन खेलकुद उपसमितिले गरेको थियो ।
हाल बैंकले देशभर २२२ शाखा, १९८ एटिएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकलाई वित्तीय सेवा दिँदै आएको छ । यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।
















सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी
बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया