मंगलबार, माघ १३, २०८२

नुवाकोटको दुप्चेश्वरमा आमा-छोरीको वित्भस हत्या

मेरोन्यूज २०७९ कार्तिक २८ गते २१:२२

नुवाकोट । नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिका वडा नम्बर ५ ढूलोढुंगा स्थित भंगेरीमा आमा छोरीको वित्भस हत्या भएको छ । घरमा कोही नभएको र श्रीमान छिमेकीको धान भित्राउने मेलामा गएको मौका छोपी स्थानीय पुस्कल तामाङले केशव खतिवडाका २१ वर्षिय श्रीमती सम्झना खतिवडा र ५ वर्षिय छोरी क्रिष्टिना खतिवडाको वित्भस हत्या गरेका हुन् ।

स्थानीय गोकर्ण गुरागाईका अनुसार, घटना अहिले साँझ ६ बजेको हो । आमा छोरीको हत्या गरेर अभियुक्त तामाङ फरार भएका छन् । आमा छोरी दुवैको गर्धनमा खुर्पा प्रहार गरीएको देखिएको छ । आमाको लाश घरको आँगनमा र छोरीको घरको मूल ढोका अगाडी घुडाँ मारेर बसेको अवस्थामा रहेको थियो । छोरीको अगाडी किताव पढ्न बसेको अवस्थामा घटना घटेको जस्तो देखिएको स्थानीय गोकर्ण गुरागाईले मेरोन्यूजलाई बताए ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ । यो घर एकान्त जस्तोमा छ । वरपर एक सय मिटरसम्म अरु घर नरहेको र एकान्त जस्तो अवस्थामा रहेको घरमा पुगेर तामाङले खुर्पा प्रहार गरी आमा छोरीको वित्भस हत्या गरेको देखिएको स्थानीयको भनाई छ ।

प्रहरीले फरार अभियुक्तको खोजी शुरु गरेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया