सेयर बजारमा गिरावट

काठमाडौँ । सेयर बजार मंगलबार ६.५९ अंकले घटेको छ । सोमबार १.१६ प्रतिशतले वृद्धि भएको नेप्से मंगलबार ०.३५ प्रतिशतले ओरालो लागेको हो ।
नेपाल स्कट एक्सचेञ्जका अनुसार ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा रोकिएको छ । १८५ कम्पनीको कारोबार हुँदा ४३ कम्पनीमा वृद्धि भएको र १३३ कम्पनीमा ओरालो लाग्दा ९ कम्पनी स्थिर रहेको छ । २७ लाख ४५ हजार बढी कित्ता सेयर किनबेच हुँदा १ अर्ब २ करोड ३६ लाख ९ हजार ९६० रुपैयाँको कारोबार भएको हो ।
सबैभन्दा धेरै हिमालयन डिस्टिलरीमा ८ करोड २२ लाख ३४ हजार बढी र नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४ लाख ९७ हजार बढीको कारोबार भएको छ ।
सिटिजन म्युचुअल फण्ड ४.५८ प्रतिशत, पञ्चकन्या माइ हाइड्रोपावर २.९३ प्रतिशतले वृद्धि भएको छ । उपसुचक कम्पनीहरू बैंकिङ ०.०८ प्रतिशत, निर्जीवन बिमा ०.०९ प्रतिशत, ट्रेडिङ इन्डेक्समा ०.३० प्रतिशतले वृद्धि भएको र अन्य उपसूचक कम्पनीहरूमा ओरालो लागेको छ ।

















चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया