बिहीबार, चैत ५, २०८२

१३.४० अंकले बढयो नेप्से

मेरोन्यूज २०७९ कार्तिक ३० गते १५:४८

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १३.४० अंक (०.७१ प्रतिशत) ले बढेर १९११.२६ अंकमा पुगेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बुधबार म्युचुअल फण्ड र व्यापार उपसूचक बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । बुधबार हाइड्रोपावर, विकास बैंक र वित्त कम्पनी उपसूचक भने १ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ ।

नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । मंगलबार १ अर्ब माथिको बराबर भएको बजारमा बुधबार २४ लाख ९५ हजार ६१२ कित्ता सेयर किनबेच हुँदा ८५ करोड ९४ लाख ६८ हजारको कारोबार भएको छ ।

प्रतिक्रिया