इरानमा व्यस्त बजारमा प्रदर्शनकारीमाथि गोली चल्यो, ५ जनाको मृत्यु
मेरोन्यूज
२०७९ मंसिर १ गते ७:१७

तेहरान । इरानको दक्षिणपश्चिमी खुजेस्तान प्रान्तमा “अतिवादी तत्व“ ले प्रदर्शनकारीहरू र सुरक्षा बलहरूमाथि गोली चलाउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको सरकारी सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।
दुई मोटरसाइकलमा सवार “सशस्त्र र आतंककारी तत्वहरू“ इजेह सहरको केन्द्रीय बजारमा पुगेर प्रदर्शनकारी र सुरक्षा बलहरूमाथि गोली चलाउँदा पाँच जनाको मृत्यु हुनुका साथै कम्तीमा १० जना घाइते भएका इरानी समाचार निकाय इरनाले जनाएको छ ।
अक्टोबर २६ मा सिराजको शाह चेराघ समाधिस्थलमा भएको सशस्त्र आक्रमणमा कम्तिमा १३ जनाको मृत्यु भएको थियो । आक्रमणको जिम्मा इस्लामिक स्टेट समूहले लिएको थियो ।
नैतिकतासम्बन्धि प्रहरीले हिरासतमा लिएकी एक युवतीको मृत्युपछि इरानमा भड्किएको हिंसामा दर्जनौँको मृत्यु भएको छ ।
उक्त आक्रमणको तत्काल जिम्मेवारी लिएको छैन ।एजेन्सी
सम्बन्धित















खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
हामी मौन बस्दा प्रश्न मर्छन्, अब याे ब्रत तोड्ने बेला आयो : गगन थापा
प्रतिक्रिया