इरानमा व्यस्त बजारमा प्रदर्शनकारीमाथि गोली चल्यो, ५ जनाको मृत्यु
मेरोन्यूज
२०७९ मंसिर १ गते ७:१७

तेहरान । इरानको दक्षिणपश्चिमी खुजेस्तान प्रान्तमा “अतिवादी तत्व“ ले प्रदर्शनकारीहरू र सुरक्षा बलहरूमाथि गोली चलाउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको सरकारी सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।
दुई मोटरसाइकलमा सवार “सशस्त्र र आतंककारी तत्वहरू“ इजेह सहरको केन्द्रीय बजारमा पुगेर प्रदर्शनकारी र सुरक्षा बलहरूमाथि गोली चलाउँदा पाँच जनाको मृत्यु हुनुका साथै कम्तीमा १० जना घाइते भएका इरानी समाचार निकाय इरनाले जनाएको छ ।
अक्टोबर २६ मा सिराजको शाह चेराघ समाधिस्थलमा भएको सशस्त्र आक्रमणमा कम्तिमा १३ जनाको मृत्यु भएको थियो । आक्रमणको जिम्मा इस्लामिक स्टेट समूहले लिएको थियो ।
नैतिकतासम्बन्धि प्रहरीले हिरासतमा लिएकी एक युवतीको मृत्युपछि इरानमा भड्किएको हिंसामा दर्जनौँको मृत्यु भएको छ ।
उक्त आक्रमणको तत्काल जिम्मेवारी लिएको छैन ।एजेन्सी
सम्बन्धित
















अत्यधिक चिसोका कारण मङ्गोलियामा १३ जनाको मृत्यु
194 polling stations in Dhanusha classified as highly sensitive
Trump says hiking tariffs on South Korean goods to 25%
गण्डकीका ३५ सहकारी खारेज
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
प्रतिक्रिया