एकीकृत समाजवादी : चौथो शक्ति बन्ने अपेक्षा

काठमाडौं । ४ मंसिरको चुनावपछि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी राष्ट्रिय पार्टी बन्यो भने यो नेपालका लागि अपवाद हुन्छ । कारण, कुनै पनि मूलधारका पार्टी विभाजित भएर बनेका नयाँ पार्टीले लगत्तै सामना गर्नु परेको चुनाव जित्न सकेको उदाहरण नेपालमा पाइँदैन ।
यसपटक यो चुनौतीसँग जुध्न गर्न तयार भएर पूर्व प्रधानमन्त्रीसमेत रहेका माधव नेपालले पार्टीलाई चुनावी मैदानमा होमेका छन् । उनले कांग्रेस, माओवादीसहितको सत्ता गठबन्धनमा रहेर ४ मंसिरको चुनावमा जाने भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले त अझ नेपालको पार्टीलाई राष्ट्रिय पार्टी बन्नै नसक्ने ठोकुवा गरेर हुँकार दिइरहेका छन् । यस्तो बेला तमाम चुनौतीको सामना गर्दै एकीकृत समाजवादी चुनावमा छ ।
चुनावबाट राष्ट्रिय पार्टी मात्रै होइन, देशको चौथोँ शक्ति बन्ने लक्ष्य पार्टीले बनाएको छ । तत्काललाई कांग्रेस र माओवादीपछि एमाले तेस्रो पार्टी बन्ने र चौथोँमा आफ्नो पार्टी हुने विश्लेषण र आकलन एकीकृत समाजवादीले निर्वाचनमा भएको गठबन्धनलाई आधार बनाएर गरिरहेको छ । तर उसले चुनावबाट राष्ट्रिय पार्टी बन्ने आफ्नो चुनौती रहेको भन्दै अध्यक्ष नेपालले नै समानुपातिकतर्फ मत बढाउने गरी केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिइरहेका छन् ।
‘गठबन्धन भनेर त्यसमा मात्रै निर्भर नहुनुस्, समानुपातिक तर्फको मत बढाउनु पर्ने चुनौती हामीलाई छ, जनतालाई कलम चिन्हमा मतदानको निम्ति आर्कर्षित गर्नुस्,’ अध्यक्ष नेपालले पार्टीका नेता कार्यकर्तालाई अपिल गरिरहेका छन् ।
एकीकृत समाजवादीले प्रत्यक्षतर्फ कम्तीमा १८ सिटमा चुनाव जित्ने आकलन गरेको छ । त्यस्तै समानुपातिकतर्फ कम्तीमा २० सिट जित्ने गरी पार्टीले रणनीति बनाएको एकीकृत समाजवादीका नेताहरुको दाबी छ ।
प्रतिनिधिसभातर्फ १८ सिटमा सत्ता गठबन्धनसँगको तालमेलमा एकीकृत समाजवादीका उम्मेदवार छन् । बाँकी दुई स्थानमा उसले मित्रवत प्रतिस्पर्धा गर्ने गरी उम्मेदवार उठाएको छ । यसरी हेर्दा उसका अहिले देशैभर जम्मा २० जना मात्रै प्रतिनिधिसभामा उम्मेदवार छन् । एउटा उम्मेदवारी उसको खारेज भयो, रुपन्देही २ मा ।
‘हामीले उम्मेदवारी दिएका सबै ठाउँमा जित्छौं, किनभने गठबन्धन गर्दा जित्ने ठाउँमा मात्रै उम्मेदवार उठाएका छौं । यो संख्यामा तलमाथि हुँदैन,’ अध्यक्ष माधव नेपालले एक अन्तर्वार्तामा भनेका छन्, ‘गत स्थानीय तहमा थोरै ठाउँमा उम्मेदवार उठाउँदा पनि साढे नौ लाख मत आएको छ भनेपछि त्यो ‘थ्रेसहोल्ड’ कटेको हो कि होइन रु त्यसो हुनाले स्थानीय तहको चुनावमा नै हामीले त्यत्रो मत ल्यायौं भने अहिले त २० सिट माथि नै छ । प्रदेशसभामा ६० सिटमा उम्मेदवार छन् । देशभर समानुपातिक उम्मेदवारले मत मागिरहेका छन् । त्यसैले ‘थ्रेसहोल्ड’ पार गर्नु कुनै गाह्रो छैन ।’
अध्यक्ष नेपाल अहिलेसम्म सुरक्षित जस्तै देखिएका छन् । एकीकृत समाजवादीले पनि अध्यक्ष नेपाल जित्ने सुनिश्चित रहेको बताएको छ । यसका अतिरिक्त वरिष्ठ नेता झलनाथ खनाल, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले, अम्वरसिंह थापा, धनबहादुर बुढा , जगन्नाथ खतिवडा लगायतका नेताहरुले चुनाव जित्ने दावी एकीकृत समाजवादीको छ ।
अध्यक्ष नेपालले चुनावपछिको आंकलनमा एक दैनिकसँगको अन्तर्वार्तामा भनेका छन्, ‘ मैले हेर्दा खेरि नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हुन्छ । दोस्रोमा माओवादी केन्द्र आउने सम्भावना छ । तेस्रोमा एमाले आउँला, चौथोमा हामी आउँछौं । कांग्रेसको पनि बहुमत त पुग्दैन, तर सबैभन्दा ठूलो दल उही बन्छ । मैले संख्यात्मक रूपमा आकलन गरेको छैन ।’

















मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने
प्रधानमन्त्री कार्कीको तस्बिर राख्दै बालेनले लेखे – हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको टेलिफोन वार्ताः नेपाली कामदारको सुरक्षाबारे कुराकानी
मतदानबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोग
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
प्रतिक्रिया