महोत्तरीमा भोट एमालेलाई नै हाल्नुपर्ने भन्दै गरेको कुटाईबाट पाँच जना घाईते

महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गर्दा ५ जना स्थानीय घाइते भएका छन् । आक्रमणमा परी अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल, रायवीर मण्डल घाइते भएका छन् ।
‘मदिरा सेवन गरेका युवाहरुले भोट एमालेलाई नै हाल्नुपर्ने धम्की गर्दै आक्रमण गरे,’ पीडित अनिल मण्डलले भने ।
उनीहरुमध्ये एकजनाको भारतको सीतामाढी र अन्य चारजनाको रामगोपालपुरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
रामगोपालपुरका विजय यादव, रामवली यादव, अनिल यादव र रामो यादवको नेतृत्वमा झन्डै ४० जना युवा सम्सीको लक्ष्मीनिया प्रवेश गरेर कुटपिट गरेको स्थानीयको भनाइ छ ।
एमाले जिल्ला इन्चार्ज सरोज यादवले घटनाको विषयमा आफूलाई जानकारी नभएको बताए ।
माओवादीले भने घटनाको भत्सर्ना गरेको छ । माओवादीका जिल्ला इन्चार्ज राजु खड्काले घटना निन्दनीय भएको वताए । ‘आक्रमण जसले गरे पनि पनि दोषीउपर छानबिन होस्,’ उनले भने ।



















राष्ट्रियसभामा दुई प्रतिवेदन पेस
बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर
युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध
नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै छ : मन्त्री सिन्हा
धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
प्रतिक्रिया