मंगलबार, माघ १३, २०८२

सोलुखुम्बुका मतदान अधिकृत बिल्टु राय सुतेकै ठाँउमा मृत भेटिए

मेरोन्यूज २०७९ मंसिर ३ गते ८:५१

काठमाडौं । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ नेचाबेतघारीस्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत बिल्टु राय मृत भेटिएका छन्। उनी सुतेकै स्थानमा मृत फेला परेका हुन् ।

५६ वर्षीय बिल्टु राय आज बिहान मृत फेला परेका हुन् । निर्वाचनको तयारीमा विहानै जुटने भनेपनि ढिलोसम्म नउठेपछि अन्य कर्मचारीले उठाउन जाँदा राय मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयले राय शुक्रबार सकुसल अवस्थामा सुतेको र बिहान मृत फेला परेपछि अनुसन्धान भईरहेको बताएको छ । राय निर्वाचन सामग्री र अन्य कर्मचारीसहित मंसीर १ गते मतदान केन्द्र पुगेका थिए।

मतदान अधिकृत रायको मृत्यु भएपछि सहायक मतदान अधिकृतमार्फत वा अर्को मतदान अधिकृतको व्यवस्था गर्ने विषयमा छलफल भइरहेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका जिल्ला निर्वाचन अधिकारी रामनारायण शाहले बताए।

प्रतिक्रिया