प्रतिनिधिसभा निर्वाचन : कांग्रेसले खाता खोल्यो, योगेश गौचन थकाली निर्वाचित
मेरोन्यूज
२०७९ मंसिर ५ गते १२:२२

काठमाडौं । योगेश गौचन थकाली प्रतिनिधिसभा निर्वाचन २०७९ को पहिलो विजेता बनेका छन् । कांग्रेसका उम्मेदवार योगेश गौचन तीन हजार ९९२ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उमेदवार प्रेम तुलाचनले तीन हजार ७८ मत पाएका छन् । यहाँ सात हजार २३० मत खसेको थियो ।
नेपाली कांग्रेसका २९ वर्षीय उमेदवार योगेश नेपाली कांग्रेसका मुस्ताङ सभापति तथा पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन् । मुस्ताङका पूर्वजिल्ला कार्यसमिति सचिव तथा हाल गण्डकी प्रदेश कार्यसमितिका कार्यसम्पादन समिति सदस्य योगेश युवा व्यवसायीसमेत हुन् ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया