खुम्चिएको माओवादी
माओवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जित्ला कति ?
वाम तालमेल गर्दा उम्मेदवारी दिएकोमध्ये ६२ प्रतिशत प्रत्यक्षमा जितेको माओवादीले यसपटक कांग्रेससँगको तालमेलमा ४५ प्रतिशत सिटमा जित निकाल्न पनि गाह्रो देखिएको छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)लाई यो पटक निर्वाचनमा ठूलै झट्का लागेको छ । दुई स्वतन्त्रसहित यसपटक माओवादीले सत्ता गठबन्धनमा रहेर ४५ स्थानमा आफनो उम्मेदवार उठाएको थियो । थप १ क्षेत्र काठमाडौं १० मा मित्रवत गठबन्धनसँग पनि मित्रवत प्रतिस्पर्धा गर्ने गरी कुलमा पार्टीबाट ४४ र आफनो भागको २ स्वतनत्र गरी ४६ स्थानमा उम्मेदवारी दिएको थियो ।
तर निर्वाचनको अहिलेसम्म गणना भएको मत परिणामका आधारमा माओवादीले यसरी उम्मेदवारी दिएका कुनै पनि क्षेत्रको निर्वाचनको अन्तिम मत परिणाम आएको छैन । यद्यपी उसले प्रतिनिधिसभातर्फ चुनाव लडेका मध्ये यो समाचार तयार पार्दासम्म मात्रै १५ स्थानमा अगाडी छ ।
ताप्लेजुङ, कालिकोट, हुम्ला र बारा २ मा अहिलेसम्म पहिलो पारम्भिक मत परिणामसम्म पनि सार्वजनिक भईसकेका छैनन । केहीमा मतगणनाको भर्खरै तयारी हुँदैछ ।
तर उपत्यकाका आफनो भागमा भागवन्डा सुरक्षित गरेको ५ वटै निर्वाचन क्षत्रेमा माओवादीको हार निश्चित देखिएको छ । काठमाडौं २ ओनसरी घर्ती, काठमाडौं ७ अस्मिता सिंह मानुषी, काठमाडौं ९ कल्पना धमला, भक्तपुर १ सुनिल गोठे र ललितपुर ३ पम्फा भुसाल चुनाव यसपटक जित्ने रेसमा देखिएका छैनन । गठबन्धनसँगै मित्रबत प्रतिस्पर्धामा रहेको काठमाडौं १० मा अञ्जना विसंखेको पनि जित्ने सम्भावना टरेको छ ।
त्यस्तै, लमजुङमा देव गुरुङ, कास्की ३ मा रामजीप्रसाद बराल, बाँके १ मा महेश्वर गहतराज, बर्दिया २ मा सुरेश पन्थ, जुम्लामा गोमा गौतम कुंबर, बैतडीमा नरेन्द्र बहादुर कुंबर, कैलाली २ मा भगतबहादुर बडुवाल, कैलाली ३ मा कृष्णकुमार चौधरी, कञ्चनपुर १ मा बिना मगर र झापा २ मा हरिकुमार रानामगर पनि जित्ने रेसमा छैनन् ।
मतगणना जारी रहेपनि यी निर्वाचन क्षेत्रबाट चुनाव जित्नलाई अव उनीहरुलाई मुश्किल रहेको विश्लेषण माओवादी वृतमै छ ।
यसरी हिसाव गर्दा १६ जना उम्मेदवार चुनावी जितको रेसबाट करिव करिव बाहिरिएजस्तो अवस्था माओवादीमा छ ।
बाँकी १५ मा अहिलेसम्म माओवादीको अग्रता छ । ३ निर्वाचन क्षेत्रमा मतगणना बाकी शुरु भएको छैन । त्यहाँ मतगणना गन्नै बाँकी छ । बाँकी १० निर्वाचन क्षेत्रमा माओवादी प्रतिस्पर्धामा पछाडी छ । अहिले नै यी क्षेत्रमा जितहारको बारेमा भन्न सकिने अवस्था छैन ।
माओवादीले अहिलेसम्म खोटाङमा रामकुमार राई, भोजपुरमा सुदन किराँती, सुनसरी १ मा मुक्सामहाङ सुब्बा, सर्लाही २ मा महेन्द्र राय यादव, सर्लाही ३ मा नरेन्द्र साह कलवार, काभ्रे १ मा सूर्यमान दोङ, सिन्धुली २ मा लेखनाथ दाहाल राजन, गोरखा २ मा पुष्पमल दाहाल प्रचण्ड, बागलु« २ मा देवेन्द्र पौडेल, दाङ २ मा रेखा शर्मा, रुकुम पूर्वमा पूर्णवहादुर घर्ती आयाम, रोल्पमा बर्षमान पुन, जाजरकोटमा शक्तिवहादुर बस्नेत, रुकुम पश्चिममा जर्नादन शर्मा मात्रै अहिलेसम्म मतगणनामा अग्रतामा छन् ।
गत ०७४ को निर्वाचनमा माओवादीले प्रत्यक्ष तर्फ ३६ स्थानमा चुनाव जितेको थियो । त्यसबेला माओवादीले एमालेसँग वाम तालेमल गरेर चुनाव लड्दा ५८ सिटमा उम्मेदवार उठाएको थियो ।
उम्मेदवार उठाएको मध्ये ६२ प्रतिशत क्षेत्रमा ०७४ मा माओवादीले चुनाव जितेको थियो । अहिले कांग्रेससँगको चुनावी तालमेलपछि माओवादीले कुल उम्मेदवारमध्ये ४५ प्रतिशत सरदरमा मात्रै चुनाव जित्ने अवस्था देखिएको छ ।
यसले माओवादीलाई अघिल्लो चुनावभन्दा थप घाटा लाग्ने देखिएको छ । निर्णायक तेस्रो शक्ति बन्ने माओवादीको योजनामा नराम्ररी यसपटक धक्का लागेको छ ।
घण्टी र नागरिक उन्मुक्ति बाँधक
मओवादीले जित्ने अपेक्षा राखेका केही निर्वाचन क्षेत्रमा रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी र रञ्जना श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी बाधक बनेको छ ।
विगतमा राम्रै पकड क्षेत्र मानिएको क्षेत्रमा पनि यसपटक नयाँ उदाउादै गरेका यी दुई पार्टीले माओवादीलाई हराएको छ । ललितपुर ३, काठमाडौं २ र काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादीलाई धक्का खुवाएको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले कैलाली २, कैलाली ३ र बर्लिया २ मा माओवादीलाई धक्का दिएको छ ।
यी क्षेत्र माओवादीको विगतमा पनि पकड क्षेत्रका रुपमा लिइन्थ्यो । तर यी तिनवटै क्षेत्रमा यसपटक नागरिक उन्मुक्ति पार्टीले जित निकाल्ने देखिएको छ । कैलाली ३ र बर्दिया २ मा नागरिक उन्मुक्ति पार्टी माओवादी उम्मेदवार भन्दा निक्कै मतले अगाडी छन् ।
केहीमा एमाले र जुम्ला जस्तो माओवादीको बलियो प्रभाव रहेको क्षेत्रमा यसपटक राप्रपाले समेत माओवादीलाईै धक्का लगाएको छ । त्यसो त माओवादीले यसपटक कांग्रेससँग गरेको तालमेल पनि फलदायी हुन सकेको देखिएन । माओवादी नेता कार्यकर्ताले कांग्रेसलाई इमान्दारपूर्वक मत दिएको देखिएपनि कांग्रेसले गठबन्धनको मर्म अनुसार माओवादीलाई मत दिएको कँही कतै देखिएको मतगणनाका रुझान हेर्दा प्रष्टै देखिन्छ ।
कांग्रेसले माओवादीका उम्मेदवार उठेका अधिकाशं ठाँउमा विकल्पका रुपमा रवि लामिछानेको पार्टी या एमालेसम्मलाई नै पनि मत दिएको मतगणनाको पारम्भिक नतिजाले देखाएको छ ।















इटालीसँग नेपालको लज्जास्पद हार
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंककाे आग्रह
Parties have been cooperating when nation faces difficulties: NCP Coordinator Dahal
80.70 billion cubic metres gas deposit confirmed in Jaljale, Dailekh
प्रतिनिधिसभा निर्वाचनः डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
प्रतिक्रिया