नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने

कामठाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शृंखलाका लागि नामिबिया जानुअघि नेपाली क्रिकेट टोलीले एक साता भारतमा प्रशिक्षण गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार नामिबिया जाने टोलीलाई बिदाइ गरेको हो । नेपाली टोली भारतमा एक साताको अभ्यासपछि नामिबिया प्रस्थान गर्नेछ ।
नेपाली टोलीलाई क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह र केन्द्रीय सदस्य दुर्गाराज पाठकले बिदाइ गरे । क्यानले आइतबार रोहित पौडेलको कप्तानीमा नामिबिया भ्रमणमा जाने १४ सदस्यीय टोलीको घोषणा गरेको थियो ।
शृङ्खलामा नेपालले घरेलु टोली नामिबिया र स्कटल्याण्डको सामना गर्ने छ । नेपाल २० खेलमा १७ अंकसहित छैटौँ स्थानमा छ । नामिबिया २४ खेलमा २८ अंकसहित चौथो स्थानमा छ । स्कटल्याण्ड भने २८ खेलमा ४० अंकसहित दोस्रो स्थानमा छ ।
नेपालको टोली :
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर साह, नन्दन यादव ।
















मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया