यस्तो संसदको चित्र : २७ देखि ८० वर्षीय वृद्धसम्म, महिलाको संख्या न्युन

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचनमा हालसम्म निर्वाचित हुने सबैभन्दा ज्येष्ठ सदस्य राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी रहेका छन् । ८० वर्षीय उनी बागलुङ १ बाट निर्वाचित भएका हुन् ।
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा १ बाट निर्वाचित भए । उनी ७७ वर्ष भएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २ बाट निर्वाचित राप्रपाका ध्रुवबहादुर प्रधान ७३ वर्षको हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट भए । ओली ७० वर्ष पूरा भएका छन् ।
यसैगरी रुपन्देही ४ बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला ७२ वर्षीय र मोरङ ६ बाट निर्वाचित कांग्रेसका डा. शेखर कोइराला ७२ वर्षीय भएका छन् ।
हालसम्म सबैभन्दा कान्छो उमेरको सांसदका रुपमा सोविता गौतमको प्रवेश भएको छ । आयोगबाट प्राप्त विवरणअनुसार उनी २७ वर्षीया पूरा भएकी छन् । उनी काठमाडौँ २ बाट निर्वाचत भएकी हुन् ।
यस्तै, मुस्ताङ १ बाट २९ वर्षीय योगेश गौचन थकाली र जुम्ला १ बाट ३० वर्षीय ज्ञानबहादुर शाही पनि कम उमेरका सांसदको सूचीमा परेका छन् ।
प्रत्यक्षतर्फ निर्वाचित महिला सांसदको सङ्ख्या न्यून देखिएको छ । हालसम्म पाँच महिला नेत्रीले प्रत्यक्षतर्फको निर्वाचन जितेका छन् ।
जसमा एमाले र रास्वपाका दुई–दुई र माओवादीका एक महिलालाई मात्र सफलता मिलेको छ । धनुषा ३ बाट एमालेकी जुलीकुमारी महतो (महासेठ) र कास्की २ बाट विद्या भट्टराई तथा दाङ २ बाट माओवादीकी रेखा शर्मा तथा रास्वपाबाट काठमाडौँ २ मा गौतम र ललितपुर ३ मा तोसिमा कार्की विजयी भएका हुन् ।
यसैगरी स्वतन्त्र उम्मेदवारमा योगेन्द्र मण्डल मोरङ ५, अमरेशकुमार सिंह सर्लाही ४, किरणकुमार साह रौटहट २, प्रभू साह रौतहट ३ र लालवीर चौधरी बर्दिया २ बाट विजयी भएका छन् ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
प्रतिक्रिया