बिहीबार, फागुन २१, २०८२

समानुपातिकमा कांग्रेसबाट बढीमा चार पुरुष मात्रै छानिने (यी हुन् सम्भावित सूची)

प्रधानमन्त्री पत्नी डा आरजु राणा देखि गृहमन्त्रीका पत्नी मञ्जु खाँणसम्म समानुपातिक सांसदमा सुनिश्चित

मेरोन्यूज २०७९ मंसिर १० गते ७:२६

काठमाडौं । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको २५ सिटको नतिजा आउन बाँकी रहँदा समानुपातिक तर्फको अव कुन दलका कुन सांसद छानिन सक्छन् ? भन्ने पारम्भिक चित्र देखिन थालेको छ । निर्वाचन आयोगले समानुपातिक तर्फको मतगणना जारी राखेकै बेला एमाले समानुपातिकतर्फ ठूलो दलका रुपमा देखा परिरहेको छ । दोस्रोमा कांग्रेस छ ।

Advertisement
nepal life insurencenepal life insurence

निर्वाचन आयोगले अहिलेसम्म गणना गरेको समानुपातिक तर्फको मत गणनाका आधारमा, पारम्भिक प्रक्षेपणअनुसार समानुपातिकमा एमालेले ३४, कांग्रेसले ३४, माओवादीले १५, राष्ट्रिय स्वतन्त्र पार्टीले १५, राप्रपाले आठ र जसपा थ्रेस होल्ड कटाएर चार सिट पाउने सम्भावना देखिएको छ ।


समानुपातिकमा कुल ११० सिट हुन्छ ।


दलहरुले प्रत्यक्षतर्फ महिला जितेको संख्याका आधारमा अनिबार्य ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गराउनु पर्ने भएकोले समानुपातिकमा छानिनेमा अधिकाशं महिला पर्ने देखिएको छ । यसरी हेर्दा कुलमा ७२ जना महिला दलहरुले समानुपातिकबाटै छान्नुपर्ने पारम्भिक परिणामबाट देखिएको छ ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ ले खस–आर्य ३१.२ प्रतिशत , मधेसी १५.३ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, दलित १३.८ प्रतिशत, थारू ६.६ प्रतिशत, मुस्लिम ४.४ प्रतिशत, पिछडिएको क्षेत्र ४.३ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ ।

यस आधारमा कांग्रेसले समानुपातिकतर्फ प्रायः सवैं महिला पठाउनु पर्ने देखिएको छ । क्लष्टर मिलाएर महिला सहभागिता गराउनुपर्दा कांग्रेसबाट प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवा देखि गृहमन्त्रीका पत्नी मञ्जु खाँण सम्म छानिने चित्र देखिएको छ ।

कांग्रेसले दलित क्लस्टरबाट शान्ति विक, रूपा विक, सीता मिजार र आशा विक, आदिवासी जनजाति क्लस्टरबाट सरस्वती बजिमय, लीलादेवी वोखिम ९लिम्बू०, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी जोशी, माया राई, कुसुम थापामगर र मनोरमा शेरचनलाई समानुपातिक सांसदका रुपमा छान्नुपर्ने अवस्था देखिएको छ ।

त्यस्तै, खस–आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल र मैना रावल कार्की संसद्मा प्रवेश गर्ने सम्भावना बढेर गएको छ ।

थारू क्लस्टरबाट कल्पना चौधरी र विनाकुमारी थनेत, मधेसी क्लस्टरबाट नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी र संगीता मण्डल तथा मुस्लिमबाट जावेदा खातुन जागा र देवकला सुवेदी कमाल संसद् प्रवेश गर्ने देखिन्छ ।

यसबाहेकका बाँकी चारजना पुरुष पनि समानुपातिकबाट छानिने देखिन्छन् । खस–आर्यतर्फबाट डा प्रकाशरण महत, आदिवासी जनजाति क्लस्टरबाट गोपालमान श्रेष्ठ, दलिततर्फ जीवन परियार, मधेसीतर्फ विमलेन्द्र निधि र थारू क्लस्टरमा योगेन्द्र चौधरीको नाम पहिलो नम्बरमा छ ।


उनीहरुबाटै कांग्रेसले महिलाको कोटा पूरा गरेर समानुपातिकतर्फ छान्न सक्ने देखिन्छ । कांग्रेसको वन्दसूचीमा रहेका अन्य नेताहरु भने समानुपातिकतर्फ पर्ने सम्भावना न्यून देखिएको छ ।

प्रतिक्रिया