अमेरिकामा हुवावे र जेडटीइले उत्पादन गरेका दूरसञ्चार उपकरण विक्रीमा प्रतिबन्ध

न्युयोर्क । अमेरिकाले चिनियाँ कम्पनी हुवावे टेक्नोलोजी र जेडटीई कर्पोरेसनले उत्पादन गरेका सबै दूरसञ्चार उपकरणहरूको बिक्री गर्न प्रतिबन्ध लगाएको घोषणा गरेको छ । नियामकले दुई कम्पनीहरूले ’अस्वीकार्य’ सुरक्षा जोखिम खडा गरेकोले प्रतिबन्ध गरिएको अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले जनाएको छ । पछिल्लो निर्णय अमेरिकी जनताको सुरक्षा गर्ने उद्देश्यले गरिएको उसले जनाएको छ ।
एफसीसी अध्यक्ष जेसिका रोजेनवर्सेलले भनिन्, ‘ एफसीसी अविश्वसनीय सञ्चार उपकरणहरू हाम्रो सिमानाभित्र प्रयोगको लागि अधिकृत छैन भनी सुनिश्चित गरेर हाम्रो राष्ट्रिय सुरक्षाको रक्षा गर्न प्रतिबद्ध छ र हामी त्यो काम जारी राख्छौ ।ु
उनले अगाडि थपिन्,‘यी नयाँ नियमहरू अमेरिकी जनतालाई दूरसञ्चार सम्बन्धी राष्ट्रिय सुरक्षा खतराहरूबाट जोगाउनको लागि हाम्रो चलिरहेको कार्यहरूको महत्त्वपूर्ण भाग हो । ’एजेन्सी


















दक्षिण लेबनानमा आवागमन पुनः सुरु
डोङफेङको भोयाद्वारा हुवावे हार्मोनीओएससहित ताइशान एक्स ८ एसयूभी सार्वजनिक
यामाहाको ब्लु कोड नयाँ वर्ष योजनामा ५ लाख जित्नेको नाम घोषणा
एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
प्रतिक्रिया