क्यानडा समुह चरणबाट बाहिरियो, क्रोएसियाको शानदार जित

काठमाडौं । क्रोएसियाले कतारमा जारी विश्वकपको समूह ‘एफ’मा आइतबार क्यानडालाई ४–१ गोलको नतिजामा पराजित गरेको छ । एन्ड्रेज क्रमारिचको दुई सहित उसले क्यानडालाई पराजित हरेको हो ।
खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको दोस्रो मिनेटमै क्यानडाले अल्फोन्सो डेभिसले गरेको गोलसँगै अग्रता लिएको थियो। यद्यपि, त्यो अग्रता जोगाउन नसक्दा क्यानडा पराजित हुनुपर्यो।
पहिलो हाफको खेलसकिन ८ मिनेट बाँकी रहँदा क्रमारिचले गरेको गोलसँगै साविक उपविजेता क्रोएसियाले बराबरी गरेको थियो। मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा मार्को लिभायाले गरेको गोलसँगै क्रोएसिया २–१ ले अगाडि लम्क्यो ।
दोस्रो हाफमा थप आक्रामक शैलीमा उत्रिएको क्रोएसियाका लागि ७०औं मिनेटमा क्रमारिचले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ३–१ मा लम्ब्याएका थिए। इन्जुरी समयमा सब्स्टिच्युट खेलाडी लोभ्रो मायरले गोल गर्दै ४–१ को जित सुनिश्चित गरेका थिए ।
यो खेलमा हार सगै क्यानडा भने समुह चरण बाट बाहिरिएको छ ।









इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
सात वर्षीया बालिका बलात्कारको आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्यो
प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने
वामपन्थीलाई एकता प्रक्रियामा सहभागी हुन नेकपाको आह्वान
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
प्रेस काउन्सिलले मेरो न्यूजलाई पत्र काटेकोमा काउन्सिलकै सदस्यकाे फरक मत
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
एनपिएलः आज दुई खेल हुँदै
प्रतिक्रिया