क्यानडा समुह चरणबाट बाहिरियो, क्रोएसियाको शानदार जित

काठमाडौं । क्रोएसियाले कतारमा जारी विश्वकपको समूह ‘एफ’मा आइतबार क्यानडालाई ४–१ गोलको नतिजामा पराजित गरेको छ । एन्ड्रेज क्रमारिचको दुई सहित उसले क्यानडालाई पराजित हरेको हो ।
खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको दोस्रो मिनेटमै क्यानडाले अल्फोन्सो डेभिसले गरेको गोलसँगै अग्रता लिएको थियो। यद्यपि, त्यो अग्रता जोगाउन नसक्दा क्यानडा पराजित हुनुपर्यो।
पहिलो हाफको खेलसकिन ८ मिनेट बाँकी रहँदा क्रमारिचले गरेको गोलसँगै साविक उपविजेता क्रोएसियाले बराबरी गरेको थियो। मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा मार्को लिभायाले गरेको गोलसँगै क्रोएसिया २–१ ले अगाडि लम्क्यो ।
दोस्रो हाफमा थप आक्रामक शैलीमा उत्रिएको क्रोएसियाका लागि ७०औं मिनेटमा क्रमारिचले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ३–१ मा लम्ब्याएका थिए। इन्जुरी समयमा सब्स्टिच्युट खेलाडी लोभ्रो मायरले गोल गर्दै ४–१ को जित सुनिश्चित गरेका थिए ।
यो खेलमा हार सगै क्यानडा भने समुह चरण बाट बाहिरिएको छ ।
















संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया