मंगलबार, माघ १३, २०८२

भक्तपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

मेरोन्यूज २०७९ मंसिर १२ गते ८:३९

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाका–६ मिलरोड उकालोमा आइतबार गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

चाँगुनारायण नगरपालिका १ दुवाकोटबाट पुरानोथिमि जाँदै गरेको प्रदेश ३–०१–०२३ च ४२९३ भ्यान र बा १ प ९५०८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–१ का २८ वर्षे सिजन फसिकवाको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।प्रहरीले गाडी चालक सिन्धुली घर भई भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय दाताराम पहाडीलाई पक्राउ गरेको छ।

प्रतिक्रिया