बिहीबार, चैत ५, २०८२

सेयर बजारमा दोहोरो अंकको गिरावट

मेरोन्यूज २०७९ मंसिर १२ गते १६:१५

काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजार ओरालो लागेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक १५.६१ अंकले घटेर १९५०.३७ मा पुगेर रोकिएको छ । 

Advertisement
nepal life insurencenepal life insurence

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६५ अंकले घटेर ३८२.६१ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल १९४ कम्पनीको सेयर कारोबार हुँदा ३६ कम्पनी वृद्धि भएको छ ।

१५१ कम्पनीको सेयर ओरालो लागेको र सात कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । ३७ लाख ६१ हजार २९९ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ४९ करोड ४३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । कम्पनीको आज १६ करोड ४६ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा नबिल बैंक र तेस्रोमा शिवम् सिमेन्टको कारोबार भएको छ ।

आइतबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको थियो । त्यस दिन दुई अर्बभन्दा बढीका कारोबार भएको थियो।

प्रतिक्रिया