अब मंकीपक्सलाई एमपक्स भन्नूः डब्लूएचओ

काठमाडौं । मंकीपक्सको नाम बदलेर एमपक्स राख्ने तयारी गरिएको विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले सोमबार घोषणा गर्यो। विद्यमान नामबाट उत्पन्न हुने कलंकबाट बच्नको लागि डब्लूएचओले नाम परिवर्तन गर्न लागेको हो । सन् १९५८ मा डेनमार्कमा अनुसन्धानका लागि राखिएका बाँदरहरूमा यो भाइरस मूल रूपमा पहिचान भएको हुनाले मन्कीपक्स नाम दिइएको थियो । तर, यो रोग धेरै जनावर र प्रायः मुसाहरूमा पाइन्छ ।
लामो समयदेखि महामारी भएको अफ्रिकी देशबाहिर समलिंगी पुरुषमा मेको शुरुदेखि नै मंकीपक्सको संक्रमणमा वृद्धि भएको रिपोर्ट गरिएको छ।
‘ यो वर्षको सुरुमा मंकीपक्सको प्रकोप फैलिएपछि अनलाइनमा, अन्य सेटिङहरूमा र केही समुदायहरूमा जातीय र कलंकित भाषा देखियो र डब्लूएचओलाई रिपोर्ट गरियो’ संयुक्त राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीले एक विज्ञप्तिमा भन्यो । यो रोग पहिलो पटक सन् १९७० मा प्रजातान्त्रिक गणतन्त्र कंगोमा मानिसमा फेला परेको थियो ।एजेन्सी


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया