नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप

काठमाडौं । नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप २०२२ आयोजना हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघले प्रतियोगिता मंसिर २२ देखि २५ गतेसम्म लौनचौरस्थित प्रशिक्षण केन्द्रमा आयोजना हुने बताएको हो ।
संघका अध्यक्ष चतुरानन्दराज वैद्यले प्रतियोगिताको लागि तयारी भइरहेको जनाए । ‘नेपालमा हुने निर्णयसँगै हामीले अन्तिम तयारी गरिरहेको छौं,’ चन्दले भने । प्रतियोगितामा नेपालसहित ६ राष्ट्रको सहभागीता रहनेछ । भुटानसँग भने अन्तिम सल्लाह भइरहेको चन्दले बताएका छन् ।
यस प्रतियोगिता ६० भन्दा बढी खेलाडीको सहभागिता रहने प्रतियोगिताको निर्देशक शंकर गौतमले बताए । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताबाट महिला तथा पुरुष पाँच–पाँच खेलाडी छनोट हुनेछन् । छनोट हुने खेलाडी एसियन च्याम्पियनसिप छनोटमा सहभागी हुनेछन् । यसबाट छनोट हुने खेलाडी विश्व च्याम्पियनसिप छनोटमा सहभागी हुनेछन् ।
विश्व टेबल टेनिस च्याम्पियनसिप क्षेत्रीय छनोटका रूप काठमाडौमा हुन लागेको प्रतियोगितामा नेपालको पुरुषतर्फ रुविन महर्जन, प्रदीप रोक्का, संयोग कपाली, विनेश खनिया र शिवसुन्दर गोथे सहभागी हुनेछन् । यसैगरी महिलातर्फ नविता श्रेष्ठ, एलिना महर्जन, रविना महर्जन, शिखा सुवाल र इभाना थापामगर रहेका छन् ।
नेपाली टोलको मुख्य प्रशिक्षकमा संजीव ढुंगेल र सहायकमा संजय अर्याल र सन्ध्या शाक्य छन् । ढुंगेलले मुख्य खेलाडी स्यान्टु श्रेष्ठ नहुँदा केही दवाव हुने भएपनि अन्य खेलाडी क्षमतावान भएको बताए । ‘स्यान्टु नहुँदा केहि समस्या त हुन्छ । तर, अन्य खेलाडीसमेत क्षमतावान छन्,’ उनले भने ।
















करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया