सोसलिष्ट इन्टरनेशनलको उपाध्यक्षमा जिसी निर्वाचित

काठमाडौं । विश्वभरका समाजवादीहरूको साझा संस्था सोसलिष्ट इन्टरनेशनको उपाध्यक्षमा नेपालका खगेन्द्र जिसी निर्वाचित भएका छन् । स्पेनको म्याड्रियमामा यही नाबेम्बर २५ देखि २७ सम्म भएको सम्मेलनले जिसीलाई सर्वसम्मत निर्वाचित गरेको हो । जिसी नेपाली जनसम्पर्क समिति अमेरिकाको पूर्वअध्यक्षसमेत हुन् ।
जिसी उपाध्यक्षमा निर्वाचित भएसँगै सोसलिष्ट इन्टरनेशनलको उपाध्यक्ष बन्ने तेस्रो नेपाली बनेका छन् । यसअघि कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला र वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै उपाध्यक्ष निर्वाचित भएका थिए ।
सो सम्मेलनले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । उक्त सम्मेलनमा जिसीसँगै नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्वसहसंयोजक बेदप्रसाद खरेलले सहभागिता जनाएका थिए । खरेल कांग्रेसको पूर्वमहासमिति सदस्यसमेत हुन् ।
भौगोलिक सन्तुलन र लैङ्गिक सन्तुलन सुनिश्चित गर्न सोसलिष्ट इन्टरनेशनलमा ३६ उपाध्यक्ष हुने व्यवस्था गरिएको छ । महाधिवेशनका क्रममा जिसी र खरेलसँगको छलफलका क्रममा स्पेनका प्रधानमन्त्री सान्चेजले कोरोना महामारीका बेलामा नेपाललाई गरेको सहयोगको स्मरण गरेका थिए ।
















अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया