आईसीसी क्रिकेट विश्वकप लिग टु : आज नेपालले नामिबियासँग खेल्दै
मेरोन्यूज
२०७९ मंसिर १६ गते ७:५२

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित शृंखलामा नेपालले आज नामिबियासँग पहिलो खेल खेल्दैछ । दिउँसो पौने २ बजे नेपाल र नामिबियाबीचको खेल सुरु हुनेछ ।
नयाँ कप्तान रोहित पौडेलको आगामनपछि नेपालले लिग टुमा पहिलो शृंखला खेल्न लागेको हो । यस्तै निलम्बित कप्तान सन्दीप लामिछाने विनाको पनि यो पहिलो लिग टु खेल हुनेछ ।
युएई विरुद्धको शृंखला खेल्दै नेपालले नामिबियाको तयारी थालेको थियो । उक्त शृंखला २–१ ले जिते पनि नेपालको ब्याटिङमा समस्या भने उस्तै थियो । नयाँ कप्तान रोहितले नामिबियामा टुरमा सुधार्नुपर्ने महत्वपूर्ण पक्ष नै ब्याटिङ मानेका छन् । यस्तै निलम्बित कप्तान सन्दीप लामिछाने नहुँदा इनिङ्सको बीचमा नेपालका लागि विकेट लिने बलरको अभाव हुन सक्छ ।
सम्बन्धित
















कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति
लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट
वसन्तको आगमनसँगै काठमाडौँमा छायो हरियाली
कर्णाली प्रदेशका १० जिल्लामा ८ सय ६१ क्षयरोगी भेटिए
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरू नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
प्रतिक्रिया