दमकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मेरोन्यूज
२०७९ मंसिर १६ गते ११:४०

काठमाडौं । झापाको दमकमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार राति दमक नगरपालिका-९ स्थित मोटरसाइकलको ठक्करबाट इलामको माई नगरपालिका-१० का ४७ वर्षीय गोपाल राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । यस्तै दुर्घटनाबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । मोटरसाइकल चालक झापाको कन्काइ नगरपालिका-४ का २५ वर्षीय नितेश बस्नेतको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















भयावह बन्दै इरान प्रदर्शन, ६ हजारभन्दा बढीको मृत्यु, हजारौँ अझै बेपत्ता
युवराज सफल पक्राउ
दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने
Sri Lanka keeps watch as Nipah virus cases emerge in eastern India
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
प्रतिक्रिया