रवि लामिछानेको नागरिकताबारे अनुसन्धान सुरु, जरिवाना र कैद सजाय हुन सक्ने

कामठाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमाथि प्रहरीले अनुसन्धान थालेको छ । चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनको नागरिकताबारे विवाद हुँदै आएको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई पत्र पठाएर अनुसन्धान गर्न भनेसँगै प्रहरीले अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको हो ।
लामिछानेमाथि अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र पुनः अमेरिकी नागरिकता त्याग गरेपछि पुरानै नेपाली नागरिकताको प्रयोग गरेको आरोप छ ।
उकेरा डटकमका अनुसार लामिछानेले सम्पन्न भएको निर्वाचनमा ०५० सालमा प्राप्त गरेको नागरिकता प्रयोग गरेका छन् । लामिछानेले मंसिर ४ को चुनावमा पुरानै नागरिकताको प्रयोग गरी उम्मेदवारी दिएका थिए ।
यस विषयमा लामिछानेविरुद्ध निर्वाचन आयोग र गृह मन्त्रालयमा उजुरी परेको थियो ।
उक्त उजुरी परेपछि गृहबाट काठमाडौँ प्रशासनमा पत्राचार गरिएको थियो । प्रशासनले यसमा छानबिन गर्न परिसरलाई पत्र पठाएको हो ।
विदेशी नागरिकता त्याग्नुभन्दा पहिलै नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए लामिछानेविरुद्ध जरिवाना र कैद सजाय हुन सक्छ । उनीविरुद्ध दुई लाखदेखि पाँच लाख रूपैयाँसम्म जरिवाना वा एक वर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
















भयावह बन्दै इरान प्रदर्शन, ६ हजारभन्दा बढीको मृत्यु, हजारौँ अझै बेपत्ता
युवराज सफल पक्राउ
दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने
Sri Lanka keeps watch as Nipah virus cases emerge in eastern India
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
प्रतिक्रिया