एनआरएनएले झापामा गर्यो स्वास्थ्य शिविर

काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिको आयोजनामा झापाको दमकमा स्वास्थ्य शिविर भएको छ ।
समितिका अध्यक्ष डा संजिव सापकोटाका अनुसार दमक नगरपालिका, दमक रेडक्रस र केआइएसको सहकार्यमा शनिबार आयोजित शिविरमा १५० भन्दा बढीले स्वास्थ्य जाचँ गराएका छन् । शिविरमा मिर्गौला, मधुमेह, हृदय रोग र उच्च रक्तचाप सम्बन्धी रोगका बिरामीको चेकजाँच भएको छ ।
शिविरमा ल्याब प्राविधिकले रगत क्रिएटिनिन, एचबीइवनसी लिपिड स्पेक्ट्रम, रगत, रेडियोग्राफी एक्सरे, इकोकार्डियोग्राफी, एकेजी मापन गर्न अत्याधुनिक उपकरणहरू प्रयोग गरेको स्वास्थ्य समितिले जनाएको छ । शिविरमा तीस भन्दा बढी विशेषज्ञ डाक्टर, नर्स, मेडिकल प्यारामेडिकहरूले चिकित्सा परामर्श प्रदान गरेका थिए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा सञ्जीव शर्माले स्वास्थ्य शिविरमा नआउने व्यक्तिको मुटुमा भएको रोग पत्ता लगाउन मद्दत गर्ने इको कार्डियोग्राफी गराएका थिए । साथै बीपीकेआईएचएस र चितवन मेडिकल कलेजसँग सम्बन्धित धेरै डाक्टरहरूले चिकित्सा परामर्श प्रदान गरे।
स्वास्थ्य शिविरमा एनआरएनए स्वास्थ्य समितिका डा सागर पौडेल र डा सञ्जीव सापकोटाले स्वास्थ्य सेवा प्रदान गरेका थिए । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको गत साता सम्पन्न बैठकले झापा, मोरङ, सुनसरी र गाईघाटमा स्वास्थ्य शिविर संचालन गर्ने निर्णय गरेको थियो ।

















सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको प्रतिवेदन
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
प्रतिक्रिया