हिंसापीडित महिलालाई ५० हजार सहयोग

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले घरेलु हिंसापीडित महिलालाई आर्थिक सहयोग गरेको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा जालपाकी लक्ष्मी राईलाई नगद ५० हजार सहयोग गरेको हो
मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राईले लक्ष्मीलाई उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गत नगद रकम हस्तान्तरण गरेका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा विगतमा दिक्तेलबजारमा र्याली निकालेर कार्यक्रम गर्नेगरिएकामा यसपल्ट र्याली निकाल्ने रकम हिंसा पिडित महिलालाई छानेर प्रदान गरिएको हो ।
लैंगिक हिंसा विरुद्धको अभियानलाई ‘बजारमुखी होईन गाउँमुखी’ बनाउने लक्ष्यका साथ र्याली गर्ने खर्चलाई हिंसा पिडित महिलाको सहयोगार्थ उपयोग गरिएको नगरपालिकाले जनाएको छ ।
अभियानकै अवसरमा जालपाका १७३ वृद्धवृद्धालाई ज्येष्ठ नागरिक परिचयपत्र प्रदान गरिएको छ । सात जनालाई अपांगताको परिचयपत्र वितरण गरिएको छ ।

















चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया