कोइला खानी विस्फोट हुँदा छ श्रमिकको मृत्यु
मेरोन्यूज
२०७९ मंसिर १८ गते १८:०८
काठमाडौँ । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको हरनाई जिल्लामा रहेको एक कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । खानीमा फसेका उनीहरूको निस्सासिएर मृत्यु भएको हो ।
शनिबार जिल्लाको शाहराग कोइला खानीभित्र छ जना श्रमिकले काम गरिरहेका बेला खानीमा विस्फोट हुँदा कोइलाको केही भाग भत्किएको बताइएको छ ।
अधिकारीहरूका अनुसार खानीभित्र करिब एक हजार ५०० फिट गहिराइमा ग्यास विष्फोट भएपछि आगलागी भएको र श्रमिकहरू खानीमा फसेका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार त्यस क्षेत्रका कामदार र उद्धार टोली तत्काल घटनास्थलमा पुगेका थिए र उद्धार कार्य सुरु गरेका थिए । किस्तानमा रहेका कोइला कम्पनीहरूले आवश्यक सावधानीसहित खानी सञ्चालन नगर्दा बर्षेनी सयौँ मजदूरको दुर्घटनामा मृत्यु हुने गरेका छ ।
सम्बन्धित
















उद्योगी व्यवसायीलाई रविले भने– डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं
चार देशका अटोमोबाइल फेडेरेसन प्रवेश गरे ड्रोन र भर्टिकल मोविलीटीमा
बागलुङमा एक करोडमा वडा कार्यालय भवन निर्माण
द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया