बिहीबार, चैत ५, २०८२

नेशनल लाईफ इन्स्योरेन्सको ३४ औं वार्षिक साधारण सभा सम्पन्न

मेरोन्यूज २०७९ मंसिर १८ गते २०:३८

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सको ३४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

लामो समय पश्चात बीमा ऐन २०७९ लागू भएकोमा अध्यक्षले खुशी ब्यक्त गर्दै यसबाट नियामक निकायलाई बीमा क्षेत्र थप नियमन गर्न सहज हुने र बीमा क्षेत्र थप व्यवस्थित भई बीमाको पहुँचमा अझ बृद्धि हुने विश्वास ब्यक्त गरिन् ।

कम्पनीको कूल बीमा शुल्क ३५.१५ प्रतिशतले बृद्धि भई १,२५२.४६ करोड पुगेको छ । जीवन बीमा कोष २५.६३ प्रतिशतले बृद्धि भई ४,२०४ करोड पुगेको र कूल लगानी २३.२० प्रतिशतले बृद्धि भई ३,९२४.७० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घ कालीन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ ।

साधारण सभाले चुक्ता पुँजीको १५ प्रतिशत वोनस शेयर जारी गर्ने र सो वोनस शेयरवापतको कर प्रयोजनको लागि तीन करोड १८ लाख रुपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै, चैत्र मसान्तसम्म जीवन बीमा कम्पनीको चुक्ता पूँजी पाँच अर्ब पु¥याउनु पर्ने बाध्यात्मक व्यवस्था गरेकोमा हालको पारित भएको वोनस शेयर लाभांशवाट कम्पनीको चुक्ता पूँजी चार अर्ब ६४ करोड चार लाख पुगेको जनाएको छ ।

प्रतिक्रिया