कतार विश्वकप २०२२
पेनाल्टी सुटआउटबाट जापानलाई हराउँदैं क्रोएसिया क्वार्टफाइनलमा

काठमाडौं । कतारमा जारी विश्वकप फुटवलमा पेनाल्टी सुटआउटका आधारमा जापानलाई पराजित गदैं क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । विश्वकपको अन्तिम १६ को खेलमा जापानलाई पछि पार्दै साबिक उपविजेता क्रोएसिया क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
पेनाल्टी सुटआउटमा क्रोएसिया ३-१ ले विजयी भयो। यससँगै उसले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो। जापान खेल अवधीभर राम्रो खेल प्रर्दशन गरेपनि अभागी सावित भयो ।
क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले पेनाल्टी सुटआउटमा जापानका खेलाडीले प्रहार गरेका तीन पेनाल्टी विफल पारेपछि क्रोएसिया फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
जापानका लागि ताकुमी मिनामिनोको पहिलो प्रहार नै गोलरक्षक लिभाकोभिचले रोकिदिए । त्यसपछि निकोला भ्लासिचले गोल गर्दै क्रोएसियालाई अघि राखे । काअरु मितोमाको प्रहार पनि विफल पार्दै लिभाकोभिचले क्रोएसियालाई बलियो स्थितिमा पुर्याए ।
मार्सेलो ब्रोजोभिचले गोल गरेपछि ताकुमा असानोले पनि जापानका लागि गोल गरे । क्रोएसियाको लागि मार्को लिभाजाको प्रहार पोस्टमा लाग्दा जापानका माया योशिदाको पेनाल्टी लिभाकोभिचले विफल पारे । मारियो पासालिचले क्रोएसियाको चौथो प्रहारमा गोल गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरे ।
निर्धारित ९० मिनेठको समयमा जापान र क्रोएसियाबीच १-१ को बराबरीमा रहेपछि खेलमा अतिरिक्त ३० मिनेटको समय थपिएको थियो । तर अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटका आधारमा खेलाइएको थियो ।
खेलको पहिलो हाफमा क्रोएसियाले केहि अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेन । इभान पेरिसिचको प्रहार गोलरक्षक शुइची गोन्डाले बचाए । त्यसपछि जापानले बल पोसेसनमा रहँदा संयमित आक्रमण गर्दै क्रोएसियालाई दबाब दिइरह्यो ।
दोस्रो हाफमा क्रोएसिया बराबरी गोल फर्काउन सफल भयो । त्यसलगत्तै दुवै गोलरक्षकले लगातार बचाउ गर्दै खेल बराबरीमा राखे । खेलाडी परिवर्तन गरेपछि जापान केहि बलियो देखिएपनि आक्रमण सदुपयोग गर्न भने सकेन ।
पहिलो हाफको एक मिनेट समय बाँकी रहँदा डेजन माएदाले गोल गर्दै जापानलाई अघि बढाए । जापानले छोटो कर्नर खेल्दै निर्माण गरेको मुभमा गोल गरेको हो । पेनाल्टी क्षेत्र भित्र लामो पास क्लिएर हुन नसक्दा माएदाले गोल गरे ।

दोस्रो हाफको ५५ अौं मिनेटमा क्रोएसियाले बराबरी गोल फर्कायो । इभान पेरिसिचले हेडरमार्फत गोल गर्दै खेल १(१ को स्थितिमा ल्याए । डेजान लोभ्रेनको लामो पासमा उनको शक्तिशाली हेडर गोलरक्षक गोन्डाले डाइभ दिएपनि बलसम्म पुग्न सकेनन् ।
५७ अौं मिनेटमा जापानको अग्रतामा गोलरक्षक डोमिनिक लिभाकोभिच बाधक बने । वातारु एन्डोले २५ यार्ड टाढाबाट गरेको प्रहार उनले मुस्किलले क्रसबार माथि पठाए । ६३ अौं मिनेटमा गोन्डाले अर्कोतर्फ उत्कृष्ट बचाउ गरे । लुका मोड्रिचको भलीलाई उनले डाइभ दिँदै विफल पारे ।
यस खेलको विजेता टोलीले क्वाटरफाइनलमा आजै केही बेरपछि हुने ब्राजिल र दक्षिण कोरियाको विजेतासँग खेल्नेछ । यसअघि नेदरल्याण्ड्स र अर्जेन्टिना तथा फ्रान्स र इंग्ल्यान्ड क्वाटरफाइनलमा खेल्ने गरी क्वाटरफाइनलमा पुगिसकेका छन् ।

















सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया