रोनाल्डो किन्न साउदी क्लब तयार
मेरोन्यूज
२०७९ मंसिर २० गते ९:५१

काठमाडौं । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई लिन साउदी अरेबियन क्लब अल नासर इच्छुक देखिएको छ । कतार फिफा विश्वकपमा व्यस्त रहेका पोर्चुगलका कप्तानलाई अनुबन्ध गर्न साउदी क्लब अल नासर मोटो रकम खर्च गर्न तयार छ ।
नासरले रोनाल्डोको लागि २० कराेड युराे खर्च गर्न तयार भएको हो । उनले सम्झौता एक वर्षको गर्ने बताएको छ । ३७ वर्षीय रोनाल्डो म्यानचेस्टर युनाइटेड छोडेदेखि ‘फ्रि एजेन्ट’ छन् । पछिल्लो समय टोली व्यवस्थापक र प्रशिक्षक टेन हागसँग सम्बन्ध सुमधुर नभएपछि रोनाल्डोले क्लब छाडेका हुन् ।
गत समरमै क्लबले कीर्तिमानी ३०५ मिलियन युरो खर्च गर्न चाहेको थियो । तर, रोनाल्डोले त्यसमा कुनै सहमति जनाएनन् । हाल भने रोनाल्डो विश्वकपमा केन्द्रित छन् । उनी सम्मिलित टोलीले आज राति स्विट्जरल्यान्डसँग खेल्दैछ ।
सम्बन्धित









इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
सात वर्षीया बालिका बलात्कारको आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्यो
प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने
वामपन्थीलाई एकता प्रक्रियामा सहभागी हुन नेकपाको आह्वान
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
प्रेस काउन्सिलले मेरो न्यूजलाई पत्र काटेकोमा काउन्सिलकै सदस्यकाे फरक मत
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
प्रतिक्रिया