रोनाल्डो किन्न साउदी क्लब तयार
मेरोन्यूज
२०७९ मंसिर २० गते ९:५१

काठमाडौं । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई लिन साउदी अरेबियन क्लब अल नासर इच्छुक देखिएको छ । कतार फिफा विश्वकपमा व्यस्त रहेका पोर्चुगलका कप्तानलाई अनुबन्ध गर्न साउदी क्लब अल नासर मोटो रकम खर्च गर्न तयार छ ।
नासरले रोनाल्डोको लागि २० कराेड युराे खर्च गर्न तयार भएको हो । उनले सम्झौता एक वर्षको गर्ने बताएको छ । ३७ वर्षीय रोनाल्डो म्यानचेस्टर युनाइटेड छोडेदेखि ‘फ्रि एजेन्ट’ छन् । पछिल्लो समय टोली व्यवस्थापक र प्रशिक्षक टेन हागसँग सम्बन्ध सुमधुर नभएपछि रोनाल्डोले क्लब छाडेका हुन् ।
गत समरमै क्लबले कीर्तिमानी ३०५ मिलियन युरो खर्च गर्न चाहेको थियो । तर, रोनाल्डोले त्यसमा कुनै सहमति जनाएनन् । हाल भने रोनाल्डो विश्वकपमा केन्द्रित छन् । उनी सम्मिलित टोलीले आज राति स्विट्जरल्यान्डसँग खेल्दैछ ।
सम्बन्धित
















सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया