बिहीबार, चैत ५, २०८२

सेयर बजार ५ अंकले घट्यो, ९६ करोडको कारोबार

मेरोन्यूज २०७९ मंसिर २० गते १५:५४

काठमाडौँ । आज नेप्से परिसुचक ४.८७ अंकले ओरालो लाग्दै १९३३.८८ विन्दुमा आएर रोकिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मंगलबार नेप्से परिसूचकमा ०.२५ प्रतिशतले ओरालो लागेको हो । सोमबार पनि सेयर बजार १.२५ प्रतिशतले ओरालो लागेको थियो । 

आज २५ लाख ८१ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ९६ करोड ५२ लाखभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

यस्तै, १९९ कम्पनीको कारोबार हुँदा ७८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । साथै १०९ कम्पनीमा ओरालो लागेको र १२ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ ।
 
धौलागिरी लघुवित्त वित्तीय संस्था ८.१७ प्रतिशत र सिटिजन म्युचुअल फण्ड ६.१२ प्रतिशतले वृद्धि भएको छ । 

सिवम् सिमेन्ट ८ करोड १२ लाखभन्दा बढीको कारोबार भएको र हिमालय डिस्टिलरी पाँच करोड ५० लाखभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

मंगलबार १३ उपसूचकमा तीन कम्पनीमा उकालो लागेको र अरु सबै उपसुचकमा ओरालो लागेको छ । वृद्धि हुने उपसुचकहरूमध्ये सबैभन्दा धेरै अन्य ०.५७ प्रतिशत र माइक्रोफाइनान्स ०.२८ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।  

प्रतिक्रिया