कोलम्बिया पहिरोले पुरिँदा ३३ जनाको मृत्यु
मेरोन्यूज
२०७९ मंसिर २० गते १९:५९
काठमाडौँ । कोलाम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु भएको छ । घटनामा नौ जनालाई जीवितै उद्धार गरिएको छ ।
यो साताको प्रारम्भमा राजमार्गमा पहिरो खस्दा यात्रीबाहक बस, मोटरसाइकललगायत सवारी साधन पुरिएका तथा तिनमा यात्रारत तीन जना बालबालिकासहित ३३ जनाको ज्यान गएको आन्तरिक मामिलामन्त्री अल्फोन्सो प्राडाले बताएका छन् ।
पहिराले राजमार्गमा सवारीसाधन पुरेको सूचना पाउनेवित्तिकै देशको जोखिम व्यवस्थापन इकाइ र यातायात मन्त्रालयका कर्मचारीका साथै प्रहरी र सेनालाई उद्धारमा खटाइएको थियो । राजमार्गका केही भागमा पहिरो पन्छाउनु पर्ने भएकाले उद्धार तथा मृतकको खोजी जटिल भएको छ ।
यसैबीच, राष्ट्रपति गुस्ताभो पेट्रोले प्रतिकूल मौसम तथा त्यसबाट उत्पन्न हुने विपद् व्यवस्थापनलगायत कामका निम्ति राष्ट्रिय एकीकृत उद्धार तथा सहायता केन्द्र स्थापना गर्न आदेश दिएका छन् ।
सम्बन्धित















लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
प्रतिक्रिया