चीनको कठोर कोभिड नीति हट्यो, नागरिकमा राहत र चिन्ता

बेइजिङ ।चीनले संक्रमितलाई क्वारेन्टाइन शिविरमा बाध्य पार्नेसहितका आफ्ना कठोर कोभिड नीतिहरू फिर्ता गरेको छ । कठोर नियन्त्रणविरुद्धको ऐतिहासिक विरोध प्रदर्शनको एक सातापछि सरकारले कोभिड नीति फिर्ता गरेको हो ।
हल्का वा कुनै लक्षण छैन भने कोभिड भएका व्यक्तिहरू अब राज्य सुविधाहरूमा नभई घरमा अलग्गै बस्न सक्छन् । उनीहरूले अब धेरै स्थानहरूमा परीक्षणहरू देखाउन आवश्यक पर्दैन । तथापि, विद्यालय र अस्पतालहरूको लागि पीसीआर परीक्षण आवश्यक छ ।
आकस्मिक परिवर्तनप्रति नागरिकले राहत र चिन्ता दुबै व्यक्त गरेका छन् । केही अनलाइन प्रयोगकर्ताहरूले खुलापनलाई प्रश्न गरेका छन् । ‘चिकित्सा प्रणाली अस्तव्यस्त हुनेछ र धेरै वृद्धहरू संक्रमित हुनेछन् । यो अब सुरु हुन्छ’, एक प्रयोगकर्ताले लेखे ।
सरकारकाे काेभिड नीतिका कारण अर्थव्यवस्था र पर्यटनमा चाैपट असर परेकाे सराेकारवालाहरूले बताउँदै आएका छन् । एजेन्सी
















पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया