त्रिदेशीय शृंखलामा जितविहीन बन्यो नेपाल

काठमाडौँ । विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्न नामिबिया पुगेको नेपाली टिम जितविहीन बनेको छ ।
बिहीबार भएको अन्तिम एक दिवसीय अन्तर्राष्ट्रियमा स्कटल्याण्डसँग ८ विकेटले पराजित भएसँगै नेपाल जितविहीन बनेको हो ।
नेपाल र नामिबियाबीचको पहिलो खेल नजिताविहीन भएको थियो । दोस्रो खेलमा स्कटल्याण्डसँग तीन विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा नामिबियासँग ८६ रनको पराजित भएसँगै जितविहीन बनेको छ ।
बिहीबार स्कटल्याण्डसँग टस जितेर ब्याटिङ रोजेको नेपालले ३५.३ ओभरमा अल आउट हुँदै ११९ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको स्कटल्याण्डले १७ ओभरमा मात्र दुई विकेट गुमाएर १२१ रनसहित लक्ष्य पूरा गर्यो ।
नामिबियाका लागि विकेटकिपर ब्याटर जर्ज मुन्से ४५ रन बनाएर पेभेलियन फर्किँदा क्रिस्टोफर म्याकब्राइडले अविजित ४६ रन जोडे । नेपालका लागि गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।
पहिलो इनिङमा नेपालका लागि कप्तान रोहित पौडेले ४७ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया