आइतबार, वैशाख २०, २०८३

भारतमा सिलिण्डर विस्फोट हुँदा पाँचको मृत्यु, ५० जना घाइते

मेरोन्यूज २०७९ मंसिर २३ गते १७:३२

काठमाडौँ । पश्चिमी भारतको राजस्थान राज्यमा एक विवाह समारोहमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । घटनामा ५० जना घाइते भएका छन् ।

Advertisement
NiccNicc

राजस्थानको राजधानी जयपुरबाट ४३६ किलोमिटर पश्चिममा रहेको जोधपुर जिल्लाको भुङ्गरा गाउँमा बिहीबार विवाह समारोहमा पाहुना भेला भइरहेका बेला सिलिण्डर विस्फोट भएको हो ।

मृतकमा दुई बालबालिका समेत रहेका जोधपुरको जिल्ला कलेक्टरको कार्यालयका एक अधिकारीले जानकारी छन् । घाइतेहरू सबै जलेका र उनीहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । तीमध्ये १२ जना गम्भीर घाइते, भएका र उनीहरुलाई विशेष उपचारका लागि जोधपुर पठाइएको छ ।

अधिकारीहरुका अनुसार यो घटना बेहुलाको घरबाट निस्कनुअघि नै भएको थियो । कार्यक्रममा करिब सय जना जम्मा भएको रिपोर्टले जनाएको छ ।

प्रतिक्रिया