शुक्रबार, चैत ६, २०८२

रवि लामिछानेको चुनावी खर्च करिब १२ लाख रुपैयाँ मात्रै !

मेरोन्यूज २०७९ मंसिर २३ गते २१:२६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवनको प्रतिनिधिसभा २ बाट निर्वाचित लामिछानले ११ लाख ८१ हजार ४७२ को खर्च विवरण बुझाएका हुन् ।

मतदाता नामावली खरिद, सवारीसाधन, सवारी इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, बैठक, अन्य प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा सांसद लामिछानेले खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिए ।

सभापति लामिछानेले यसअघि नै सामाजिक सञ्जालमार्फत आफ्नो खर्च विवरण सार्वजनिक गरे । लामिछानेले प्रत्येक चार महिनामा सार्वजनिक सुनुवाइमा आफैँ उपस्थित हुने बताउँदै आएका छन् ।

चितवनमा अन्य उम्मेदवारहरूले पनि खर्च विवरण बुझाइरहेका कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया