ब्राजिलका प्रशिक्षक टिटेले छाडे पद

एजेन्सी । फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा क्रोएसियासँग पेनाल्टी सुटआउटमा हारेपछि ब्राजिलका प्रशिक्षक टिटेले पद छाड्ने घोषणा गरेका छन् ।
प्रतियोगिता सुरु हुनुअघि नै प्रशिक्षकले जस्तोसुकै नतिजा आएपनि आफू जिम्मेवारीमा नरहने बताएका थिए । ६१ वर्षीय प्रशिक्षक टिटेले पछिल्लो ६ वर्षदेखि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालिरहेका थिए । उनले सन् २०१९ मा कोपा अमेरिका उपाधि दिलाएपनि विश्वकपमा क्वाटरफाइनल चरणमा टिमलाई पार गराउन सकेनन ।
‘यो निकै कठिन निर्णय हो,’ क्रोएसियाविरुद्ध हारपछि टिटेले भने, ‘एउटा यात्रा सकिएको छ । मैले डेढ वर्ष अघिदेखि यो जानकारी दिएको थिएँ । मलाई पूर्ण यात्रा गर्नु थियो र यसक्रममा थुप्रै अविस्मरणीय क्षण पनि रहे ।’
टिटेको प्रशिक्षणमा ब्राजिलले ८१ खेल खेल्दा ६१ जित हासिल गरेको थियो । १३ खेल बराबर हुँदा ७ खेलमा भने टोली पराजित भयो ।
















झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदी पक्राउ
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया