लिपि लोप हुँदा छन्त्याल भाषा सङ्कटमा

बेनी । म्याग्दीमा बसोबास गर्दैआएको अल्पसङ्ख्यक छन्त्याल समुदायको लिपि लोप भएपछि भाषा सङ्कटमा परेको छ । छन्त्याल समुदायका युवा पुस्ताले आफ्नो मौलिक भाषा र लिपि सिक्न तथा संरक्षण गर्न नसक्दा लिपि लोप भएको हो ।
छन्त्याल खाम भाषा पुस्तान्तरण हुन नसकेपछि लोप हुने अवस्थामा पुगेको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका ८३ वर्षीय युबहादुर छन्त्यालले बताए । उनका अनुसार बूढापाकाले बोले पनि नयाँ पुस्ताका बालबालिका र युवायुवतीले आफ्नो भाषा बोल्न छाडेका छन् ।
लिपि र शब्दकोश प्राप्त गर्न नसक्नु, आधुनिकताको प्रभावका कारण नयाँ पुस्ताले आफ्नो मातृभाषा प्रयोग गर्न सङ्कोच मान्नु, बसाइँसराइलगायत कारणले भाषा लोप हुन थालेको उनको भनाइ छ । “भाषा जानेका र बोल्न रुचि राख्ने बूढापाका मेटिँदै गए । युवापुस्ता आफ्नो पुख्र्यौली पेसा छोडेर विदेश वा सहरमा बसाइँ सरेको छ । उनीहरुले आफ्नो भाषा बोल्न छाडे”, छन्त्यालको बाहुल्यता रहेको गुर्जाका कमल छन्त्यालले भने, “लिपि र शब्दकोशसमेत नभएकाले पुराना पुस्तासँगै छन्त्याल भाषा पनि नासिने खतरा छ ।”
नेपाल छन्त्याल सङ्घ म्याग्दीका अनुसार २०६८ सालको जनगणनाअनुसार नेपालका १९ जिल्लामा ११ हजार आठ सय १० जना छन्त्याल समुदायको बसोबास छ । छन्त्याल समुदाय सबैभन्दा बढी म्याग्दी र बागलुङमा रहेका छन् । नेपाल छन्त्याल सङ्घ म्याग्दीका सचिव मन छन्त्यालका अनुसार विभिन्न जातजातिको मिश्रित बसोबास, सहर तथा विदेशप्रतिको मोह, विदेशी भाषा सिक्ने आकर्षण र विद्यालयमा अङ्ग्रेजी तथा नेपाली भाषामा मात्र पठनपाठन हुने जस्ता कारणले छन्त्याल भाषा लोप हुन लागेको हो ।
घरपरिवारमा मातृभाषा बोल्ने चलन हराउँदै जानु, आफ्नै समुदायका साथीभाइसँग भेटघाट हुँदा पनि नेपाली भाषा प्रयोग गरिनु तथा आफ्नो पुख्र्यौली पेसा छोडेर सहर र विदेश जाने क्रम बढ्नुले पनि मातृभाषा लोप हुँदै गएको हो । म्याग्दीको धवलागिरि गाउँपालिकाको गुर्जा, मल्कवाङ, मच्छिम, रघुगङ्गाको ठाडाखानी र कुइनेमङ्गलेमा छन्त्याल समुदायको बसोबास छ ।
छन्त्याल समुदायको बसोबास भएको बस्तीका विद्यालयमा मातृभाषामा पठनपाठन गर्ने तयारी गरेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी बताउँछन् । म्याग्दीमा सबैभन्दा धेरै छन्त्याल समुदायको बसोबास रघुगङ्गा गाउँपालिकामा छ ।
















सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया