बुधबार, माघ १४, २०८२

अवैध ३५ लाख रुपैयाँसहित दुई जना पक्राउ

मेरोन्यूज २०७९ मंसिर २५ गते २१:३९

काठमाडौँ । स्रोत नखुलेको ३४ लाख ९७ हजार रुपैयाँसहित दुई हुण्डी कारोबारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा टोखा नगरपालिका १० का ५६ वर्षीय जितेन्द्रकुमार चौधरी र कास्की पोखरा महानगरपालिका ४ का ६१ वर्षीय विश्वकुमार गुरुङ छन् ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बिहीबार गोकर्णेश्वर नगरपालिका ९ भगवतीथानबाट पक्राउ गरेको हो । बरामद रकम चौधरीले बा ९८ प २२०९ नम्बरको स्कुटरको डिकीभित्र लुकाई गोकर्णतर्फ लैजाँदै थिए ।

प्रतिक्रिया