बुधबार, माघ १४, २०८२

काभ्रेमा बस दुर्घटना : मृत्यु हुनेको संख्या १७ पुग्यो

मेरोन्यूज २०७९ मंसिर २७ गते २१:०७

काठमाडौँ । काभ्रेको बेथानचोक गाउँपालिका ४ मा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ । बेथानचोक ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बा ३ ख ४३८५ नम्बरको बस आज साँझ ६ बजे दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार १७ जनाको मृत्यु भएको हो । यस्तै, घटनामा घाइते भएकामध्ये चार जनालाई काठमाडौँ रिफर गरिएको छ ।

जिल्लाको बनेपा नगरपालिका ११ बाट ब्रतबन्धका लागि गाउँपालिका ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको हो । बसमा सवार कति थिए भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।

काभ्रेमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, २० जना घाइते

प्रतिक्रिया