कतार विश्वकप २०२२
फ्रान्सविरुद्ध मोरोक्कोले आजको खेलमा ५ डिफेन्डर खेलाउने

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को दोस्रो सेमिफाइनलमा मोरक्कोले साविक विजेता फ्रान्सविरुद्ध अहिले केही समयपछि प्रतिस्पर्धा गर्दैछ । मोरोक्कोले आजको खेलमा ५ डिफेन्डर खेलाउने भएको छ ।
खेल नेपाली समयअनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ ।
फ्रान्सले इंग्ल्यान्डलाई हराएको खेलबाट टोलीमा दुई परिवर्तन गर्दा मोरक्कोले दुई डिफेन्डर भित्र्याएको छ । चोटका कारण पछिल्लो खेल गुमाएका बायर्न म्युनिखका नुसेर माजरोइ र वेस्ट ह्यामका नाएफ अगुएर्ड मोराक्कोको टोलीमा आएका छन् ।
मिडफिल्डर सलिम अमाल्लाह र डिफेन्डर याह्या अतिआत-अल्लाह बेन्चमा पुगेका छन् ।
यता फ्रान्सका मिडफिल्डर एड्रिएन राबिओट टोलीमा नै छैनन् । उनको स्थानमा युसुफ फोफाना खेल्दैछन् । त्यस्तै डिफेन्डर डायोट उपामेकानो बेन्चमा पुग्दा लिभरपुलका इब्राहिमा कोनाटे सुरुवाती रोजाइमा खेल्दैछन् ।
फ्रान्सको सुरुवाती ११ :
ह्युगो लोरिस, राफाएल भारान, जुल्स कुन्डे, थिओ हर्नान्डेज, इब्राहिमा कोनाटे, युसुफ फोफाना, ओरेलिएन चुआमेनी, एन्टोइन ग्रिजमन, ओस्मान डेम्बेले, किलीयन एमबाप्पे, ओलिभिएर जिरुड
मोरक्को सुरुवाती ११ :
यासिन बोनो, अक्रफ हाकिमी, नुसेर माजारोइ, नाएफ अगुएर्ड, जवाद एल यामिक, रोमन साइस, सोफ्यान अम्राबाट, एजेदीन ओनाही, हाकिम जिएच, सोफियान बौफाल, युसुफ एन नेसरी
















अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया