कतार विश्वकप २०२२
मोरोक्कोलाई हराउँदै फ्रान्स लगातार दोस्रोपटक फाइनलमा, उपाधीका लागी अब अर्जेन्टिनासँग भिड्ने

काठमाडौं । फ्रान्स कतारमा जारी विश्वकप फुटबलको फाइनलमा पुगेको छ । लगातार दोस्रोपटक फाइनल पुग्ने टोलिमा फ्रान्स परेको छ ।
साबिकको बिजेता फ्रान्सले यसपटक पनि उपाधी उचालेमा ६० बर्ष पछि उपाधि लगातार जित्ने मुलुकमा फ्रान्स पर्ने छ ।
बुधबार मध्यराति भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्सले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । अब फाइनलमा उसले अर्जेन्टिना सग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना क्रोयसियालाई हराएर फाइनल पुगेको छ । यो खेल आईतवार हुनेछ ।
अल बायट स्टेडियममा भएको खेलमा फ्रान्सलाई जिताउने क्रममा खेलको पाँचौं मिनेटमा नै थियो हर्नान्डेजले गोल गर्दै अग्रता दिलाएका थिए।
खेलको ७९ औं मिनेटमा फ्रान्सका लागि रन्डल कोलो मुआनीले मैदान छिरेको ४४ सेकेण्डमा नै गोल गरेका थिए।

मोरक्कोले खेलअघि मुख्य डिफेन्डर नाएफ अगुएर्डको साथ गुमाएको थियो भने २० मिनेट नबित्दै कप्तान रोमन साइसको साथ पनि निरन्तर पाउन सकेन । दुवै डिफेन्डर चोटका कारण बाहिरिनु परेको थियो । पछि परेको मोरक्कोले लगातार आक्रमण बुन्दा फ्रान्सले पनि केहि अवसर पाएको थियो ।
दोस्रो हाफमा मोरक्कोले पाएको अवसर पटक पटक सदुपयोग गर्न नसक्दा फ्रान्सले फाइनल यात्रा सुनिश्चित गरेको हो ।

















जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया